काठमाडौं। सरकारले आसन्न निर्वाचन केन्द्रित छलफल र परामर्श तिव्र पार्दै गएको छ।निर्वाचनको वातावरण बनाउन नसक्दा निर्धारित समयमा चुनाव हुनेमा आशंका बढ्दै गैरहेको बेला सरकारले सरोकारवालासँगको छलफल तिब्र पारेको हो।
गत भदौ २३÷२४ गतेको जेनजी आन्दोलनले तत्कालिन केपी ओली सरकार बहिगर्मनमा पारेपछी उत्पन्न विसम परिस्थितिको सामना गर्न भदौ २७ गते बनेको पूर्वप्रधानन्यायाधिस शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधी सभा विघटन गरी फागुन २१ गतेका लागी निर्वाचनको मिति घोषणा गरेको थियो।
तर सरकार गठनको पुरा दुई महिना बितिसक्दा पनि राजनैतिक शिर्ष नेतृत्वसँग अझै छलफल र वार्ता गर्नसमेत नसकेको, आन्दोलनका क्रममा लुटिएका हतियार तथा फरार कैदिबन्दी फिर्ता गराउन नसक्दा सुरक्षा निकायको खस्किएको मनोबल उकास्न नसकेको, आन्दोलनमा भएको दमनको छानबिनका लागी तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्रीसहित सम्बद्धहरुलाई दायरामा ल्याउन नसकेको लगाएतका कारणले अझैसम्म निर्वाचनको वातावरण नै बन्न नसकेकोले निर्धारित समयमा निर्वाचन सम्पन्न हुनेमा चौतर्फी आशंका बढ्दै गएको थियो।
यहि बिचमा सरकारले निर्वाचन केन्द्रित छलफल र परामर्श तिब्र पारेको हो। उसो त सरकारले यसअघी सुरक्षा निकाय,निर्वाचन आयोग, सबै राजनैतिक दलका प्रतिनिधीलगाएत अन्य सरोकारवाला निकायसँग भने छलफल गरेको थियो। अहिलेसम्मका सबै छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन केन्द्रित र भ्रष्टाचार नियन्त्रण र शुसाशन कायम गर्ने विषयमा केन्द्रित गर्नुभएको छ भने सरोकारवालाहरुले निर्वाचनमा केन्द्रित हुन सुझाव दिँदै आएका थिए।
नागरिक समाजका अगुवासँग सोमबारको छलफलमा पनि सरकार निर्वाचनका लागी प्रतिबद्ध रहेको पाइएको र प्रधानमन्त्री कार्कीले पनि निर्वाचन सुनिश्चितताको लागि अब दलका शीर्ष नेता तथा नेतृत्वसँग संवाद गर्ने प्रतिबद्धता जाहेर गरेको छलफलमा सहभागी अगुवाहरुले बताएका छन्।
छलफलमा निर्वाचनको लागि राजनीतिक दल र जेन–जी ढुक्क नभएको कुरा उठेको जानकारी दिँदै राजनैतिक विश्लेषक गेजा शर्मा वाग्लेले त्यसमा सरकार प्रतिवद्ध रहेको पाइएको बताउनुभयो। सरकारले थप मिहिनेत गर्नुपर्नेमा आँफुहरुले जोड दिएको प्रधानमन्त्रीले स्वच्छ,निष्पक्ष,स्वतन्त्र र भयरहित निर्वाचनका लागि प्रतिबद्ध रहेको बताउनुभयो।
यस्तै छलफलमा सहभागी अर्का नागरिक अगुवा खगेन्द्र संग्रौलाले अपेक्षा गरेभन्दा बढी नै सरकार निर्वाचन र भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागी प्रतिवद्ध रहेको पाइएको बताउनुभयो। प्रधानमन्त्रीले पनि नागरिक सरकार निर्वाचनको लागि प्रतिबद्ध रहेको बताउँदै विश्वासको वातावरण बनाउन र जनतालाई प्रेरित गर्ने भूमिका खेलिदिन आग्रह गरेको बताउनुभयो।
छलफलपछी सरकारले पनि नागरिक अगुवासँगको परामर्श र छलफलले निर्वाचनको वातावरण बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएको छ। छलफलमा निर्धारित समयमै चुनाव गर्नेगरी वार्ता र संवाद अगाडी बढाउँदै निर्वाचनको वातावरण बनाउन सुझाव आएकोले सरकार थप उत्साही बनेको सरकारका प्रवक्ता, सञ्चार तथा सुचना प्रविधीमन्त्री जगदिश खरेलले बताउनुभयो।
नागरिक समाजका अगुवासँगको छलफल उपलब्धीमुलक बनेको र सरकारलाई तोकिएकै समयमा निर्वाचन गर्ने वातावरण निर्माण गर्न थप प्रेरित गरेको सञ्चारमन्त्री खरेलले बताउनुभयो।
तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागी सरकारले आवश्यक तयारी अघी बढाउन नसकेको र राजनैतिक दलका शिर्ष नेता तथा नेतृत्वहरुसँग छलफल गरी विश्वासमा ल्याउन नसक्दा निर्वाचनको वातावरण बन्न नसकेकोले निर्धारित समयमा चुनाव हुनेमा आशंका बढ्दै गएको थियो।
यहिबिचमा सरकारले निर्वाचनकै लागि समुचित वातावरण निर्माण गर्ने उद्देश्यले सरोकारवालासँगै राजनीतिक दलका शीर्ष नेताहरू, जेन–जी समूहका प्रतिनिधि तथा सातै प्रदेशका मुख्यमन्त्रीसँग समेत छलफल सम्पन्न गरिसकेको छ यसले सरकारले तय गरको निर्वाचन पूर्वतयारी प्रक्रियालाई थप प्रभावकारी बनाउँदै निर्वाचनको वातावरण बनाउँदै लगिरहेको छ।
तसर्थ सरकारले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वासको वाताबरण बनाउन सर्वपक्षिय संवाद र छलफल तथा परामर्श थप तिब्र पार्न आवश्यक देखिन्छ।