काठमाडौं । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि सोमबारकोे तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ ।
अघिल्लो साता तोलामा तीन हजार रुपैयाँले सुनको मूल्य घटेको थियो ।
आइतबार र सोमबार निरन्तर घटेको सुनको मूल्य आज भने बढेको हो ।