Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नयाँ दलमा गएपछि भिम रावलसँग विषेश कुराकानी : यस्तो छ योजना

नयाँ दलमा गएपछि भिम रावलसँग विषेश कुराकानी : यस्तो छ योजना

  • शुक्रवार, कार्तिक २८ २०८२

  • 793
    SHARES

  • नयाँ दलमा गएपछि भिम रावलसँग विषेश कुराकानी : यस्तो छ योजना

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता भिम रावलले देशको पछिल्लो राजनीतिक अवस्थाबारे कठोर टिप्पणी गर्दै दलभित्र पद र शक्तिका लागि टुटफुटलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढिरहेको बताएका छन्। उनका अनुसार नेताहरूको व्यक्तिगत स्वार्थ र पदमा टिकिरहने हटका कारण दलहरू विभाजन भइरहेका छन्, जसले जनतामा राजनीतिक दलप्रति गहिरो अविश्वास जन्माइरहेको छ।

    आज नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले तत्कालीन नेकपा विभाजनका प्रमुख कारक एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको आरोप लगाए। उनले हिजो प्रचण्डसँग पार्टी एकता गर्दा ओलीले पार्टीमा पर्याप्त छलफल नगरी निर्णय गरेको तथ्य स्मरण गराउँदै, आज प्रचण्डसहित अन्य दलहरूले एकताको पहल गर्दा उनीहरूलाई आलोचना गर्नु ओलीको नैतिकताले नदिने दाबी गर्नुभएको छ । रावलका अनुसार नेताहरूले ‘नमर्दासम्म नेतृत्व नछाड्ने’ सोच कायम राखेकाले दलभित्र लोकतान्त्रिक आचरण कमजोर बनेको र यसले जनताको भरोसा घटाएको छ।

    उनले मधेश प्रदेशमा भएको राजनीतिक घटनाक्रमलाई पनि संवैधानिक मर्यादाविपरीत भएको बताए। होटलमै गएर मुख्यमन्त्री नियुक्त गरिएको घटना तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीको गैरजिम्मेवार कदम भएको र यस्तो व्यवहारले संविधानको हुर्मत लिएको आरोप उनले लगाए।

    यस्तै भदौ २३ र २४ गते जेनजीको नाममा भएको आन्दोलनबारे रावलले उक्त घटनामा देशी–विदेशी शक्तिहरुको संलग्नता रहेको दाबी गरे। आन्दोलनका क्रममा सक्रिय भएका केही व्यक्तिहरू कारागारबाट फरार तथा आपराधिक प्रवृत्तिका भएकाले सरकारले तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाही गर्नुपर्ने उनको भनाई छ ।
    उनले फागुन २१ गते हुने भनिएका निर्वाचनलाई भयरहित, निष्पक्ष र व्यवस्थित बनाउन अन्तरिम सरकारले शान्ति–सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने बताए। साथै सबै राजनीतिक दलले जनताबाट पुनः जनादेश लिन इमानदार रूपमा चुनावमा सहभागी हुन तयार हुनुपर्नेमा रावलले जोड दिएका छन् ।


    शुक्रवार, कार्तिक २८ २०८२११:४०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij