एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–उनले चीनले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् ।ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।
जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ह्यारी काजियानियासले एक लेख लेखेका छन् । जसमा उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले एक दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताएका छन् ।
काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक छन् ।
लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने उल्लेख छैन ।