Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जेनजी आन्दोलनको मौका छोपेर दल खोल्ने चटारो, विवरण रुजु गर्दै आयोग, विचार–सिद्धान्त र दर्ताभन्दा पहिला नै चुनावी रणनीतिको हतार (खासखबर)

जेनजी आन्दोलनको मौका छोपेर दल खोल्ने चटारो, विवरण रुजु गर्दै आयोग, विचार–सिद्धान्त र दर्ताभन्दा पहिला नै चुनावी रणनीतिको हतार (खासखबर)

  • बुधवार, कार्तिक १२ २०८२

  • 2.1K
    SHARES

  • जेनजी आन्दोलनको मौका छोपेर दल खोल्ने चटारो, विवरण रुजु गर्दै आयोग, विचार–सिद्धान्त र दर्ताभन्दा पहिला नै चुनावी रणनीतिको हतार (खासखबर)
     
    जेनजी आन्दोलनले ल्याएको उथलपुथलको मौका छोपेर नयाँ राजनैतिक दल खुल्ने क्रम धमाधम बढेको छ। देशमा कायम राजनैतिक दलहरु र तिनका नेताहरु भ्रष्टाचार र अनियमिततामा लिप्त रहँदा मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनले सिमा नाघेपछी आजित जेनजी पुस्ताले गत भदौ २३ र २४ गते गरेको आन्दोलनले देशमा उथलपुथल ल्याएको छ। 
     
    जुन उथलपुथलले तत्कालिन मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित सात दल सम्मिलित शक्तिसाली मानिएको केपी ओली नेतृत्वको सरकार नै बहिगर्मनमा पारेपछी उत्पन्न विसम परिस्थितिको सामना अहिले पूर्वप्रधान न्यायाधिस सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ। 
     
    जुन सरकारले आगामी फागुन २१ गते विघटित प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने म्याण्डेट पाएको छ। सोहीअनुसार सरकार, निर्वाचन आयोग र संवद्ध निकाय तदारुकताका साथ अगाडी बढिरहेका छन्। 
     
    यसरी भ्रष्टाचार र कुशासनविरुद्ध पुराना दलहरुको मौनताले सिमा नाघेपछी जेनजीले गरेको विद्रोहको मौकामा आफ्नो स्वार्थपूर्तिका लागी हिलोपानिमा माछा मार्ने मौका छोपेर त कतिपयले देश निकासका लागी नै भन्दै राजनैतिक रोटी सेक्ने उदेश्यले धमाधम नयाँ दल दर्ताका लागी निर्वाचन आयोगमा निवेदन दिएका छन्। 
     
    यसका लागी कतिपय पुराना अनुहार सक्रिय छन् कतिपय आन्दोलनमा सहभागी तथा नयाँ अनुहार पनि सक्रिय देखिन्छन्। अहिले निर्वाचन आयोगले अघिल्लो स्थानिय तह निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर भारि मतका साथ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्क साम्पाङ राईदेखी जेनजी आन्दोलनका अगुवा मिराज ढुङ्गाना लगाएतले यतिबेला दल दर्ताका लागी दिएको निवेदन र विवरण अध्ययन तथा रुजु गर्ने चरणमै रहेको छ। 
     
    केहीदिन पहिले निर्वाचन चिह्न माटो सहित श्रम संस्कृति पार्टी दर्ताका लागी निवेदन दिनुभएका मेयर राईले देशलाई अहिलेको विसम परिस्थितिबाट निकास दिनका लागी पार्टी खोल्नुपरेको बताउनुभएको थियो। माटोसँग जोडिएर श्रम नगरेसम्म देश विकास हुन नसक्ने भएकोले सोही अभियानलाई सँस्थागत गर्दै मुलुकलाई निकास दिन पार्टी स्थापना गर्न लागेको उहाँको तर्क छ। 
     
    यस्तै माओवादी आन्दोलनमै सक्रिय रहेर पनि पछिल्ला केहीवर्षसम्मै भुमिगत रुपमै रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि यसपटकको जेनजी विद्रोहको मौका छोपेर चुनावी गतिविधिमा सहभागी हुने रणनिति बनाएर दखल दर्ताको निवेदन दिएको छ। 
     
    कम्युनिष्ट पार्टी नेपाल नामको दल दर्ताका लागी निवेदन दिएपछी पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विगतमा आम सर्वसाधरले स्वीकार्ने वातावरण नबन्दा चुनावी गतिविधी र सक्रिय राजनितीबाट अलिक पछाडी रहेपनि अहिले देश विसम परिस्थितिमा रहेको र आँफुहरुको लागी पनि उचित वाताबरण बनेकोले यसपटक दल दर्ताको प्रक्रियामा सहभागी भएको बताउनुभयो।
     
    यस्तै जेनजी आन्दोलनकै एक अगुवा मिराज ढुङ्गानाले पनि राष्ट्रिय जेनजी पार्टी दर्ताका लागी आयोगमा निवेदन दिनुभएको छ। जेनजीहरु नै यत्रतत्र भएपछी एकढिक्का रहन र एकरुपताका लागी आँफुले पार्टी खोल्नुपरेको उहाँको दावी छ। तथापी निर्वाचनका लागी भने पार्टी नखोलेको दाबी गर्दै उहाँले आगामी चुनाबमा प िसहभागी भने नहुने बताउनु्भयो। 
     
    यता आगामी फागुन २१ गतेका लागी निर्वाचनको मिति घोषणा गरेर तयारी अगाडी बढाएको आयोगले आउँदो ३१ गतेभित्र दल दर्ता गरिसकेर प्रमाणपत्र लिन ताकेता गरिसकेको छ। सोही अनुसार अहिले दल दर्ताका लागी पुगेका निवेदनहरु रुजु गर्ने प्रक्रियामा लागेको आयोगका सुचना अधिकारी सुमन घिमिरे बताउनुहुन्छ। 
     
    अहिलेसम्म आयोगमा १२४ दल दर्ता भैसकेको जानकारी दिँदै उहाँले बाँकी १७ दल दर्ताका लागी निवेदन परेकोले आयोगले निवेदन रुजु गरिरहेको बताउनुभयो। अहिलेसम्म उल्लेख्य रुपमै नयाँ दल पनि दर्ताका लागी निवेदन परेको उहाँको प्रतिक्रिया छ।
     
    नेपालमा भिन्नि समयमा राजनैतिक दल खोल्ने र आप आफ्नो स्वार्थको रोटी सेक्ने क्रम विगत लामो समयदेखी नै चल्दै आएको छ। सोही अनुसार यतिबेला पनि आगामी निर्वाचनका लागी पुनः दर्ता गर्ने दलहरुको सँख्या १२४ पुगिसकेको छ भने केही अझै प्रक्रियामै छन्। 
     
    खासगरी नेपालमा च्याउ सरी उम्रिएका दलहरु सबै आ आफ्नै स्वार्थमा केन्द्रित हुँदा देशले निकास पाउनुको सट्टा अस्थिरता बढ्दै गएको छ सँगै समयसमयमा यस्ता विद्रोहहरु हुँदा देशले ठुलो धनजनको क्षति पनि भोग्दै आएको छ। 
     
    तसर्थ अब देश निकासका लागी धेरै नयाँ दल खोल्ने र आफ्नो स्वार्थपूर्ति गर्नेभन्दा संगठित रुपमा नयाँ पुराना दलहरुका बिच एकापसमा सहकार्य, सहजीकरण र खबरदारीताको निति अवलम्बन गर्न जरुरी देखिन्छ।

     


    बुधवार, कार्तिक १२ २०८२०७:३७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij