Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अन्तरिम सरकारमा तेश्रोपटक मन्त्रीमण्डल विस्तार, मन्त्रीपरिषद् अझै अपुरो, विवादित मान्छे ल्याउन खोज्दा प्रधानमन्त्री नै विवादमा, सरकार नै कुहिरोको काग बन्दै (खासखबर)

अन्तरिम सरकारमा तेश्रोपटक मन्त्रीमण्डल विस्तार, मन्त्रीपरिषद् अझै अपुरो, विवादित मान्छे ल्याउन खोज्दा प्रधानमन्त्री नै विवादमा, सरकार नै कुहिरोको काग बन्दै (खासखबर)

  • आइतवार, कार्तिक ९ २०८२

  • 2.4K
    SHARES

  • अन्तरिम सरकारमा तेश्रोपटक मन्त्रीमण्डल विस्तार, मन्त्रीपरिषद् अझै अपुरो, विवादित मान्छे ल्याउन खोज्दा प्रधानमन्त्री नै विवादमा, सरकार नै कुहिरोको काग बन्दै (खासखबर)

    काठमाडौं। जेनजी आन्दोलनले ल्याएको उथलपुथलले गरेको परिवर्तनपछी बनेको वर्तमान अन्तरिम सरकारले आज तेश्रोपटक मन्त्रीमण्डल विस्तार गरेको छ।

    गत भदौं २३ र २४ मा भएको जेनजी आन्दोलनले ल्याएको उथलपुथलपछी भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभएकी पूर्वप्रधान न्यायाधिस सुशीला कार्की नेतृत्वको सरकारले आज तेश्रोपटक २ जना मन्त्री नियुक्त गरि मन्त्रीपरिषद विस्तार गरेपनि अझै पूर्णता भने दिन सकेन। बरु उल्टै विवादको घेरामा तानिएको छ।

    जेनजी आन्दोलनले तत्कालिन केपी ओली नेतृत्वको सरकार बहिगर्मनमा परेपछी जेनजीकै सिफारिस अनुसार प्रधानमन्त्रीमा नियुक्त कार्कीको सिफारिसमा आज ४ जना नयाँ मन्त्री थप्ने तयारि गरिएपनि राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको शपथ गराउनुभयो ।

    आज सुरुमा मन्त्री नियुक्तीका लागी सिफारिस विवादित पृष्ठभुमी रहेका एवं विभिन्न अपराध आरोपमा प्रहरीको फरार सुचीमै रहेका अभियुक्त खगेन्द्र सुनारको व्यापक विरोध भएपछी हटाइएको थियो भने गणपतिलाल श्रेष्ठको नाम पनि अन्तिम समयमा काटिएको थियो। उसो त यसअघी दोश्रोपटकको मन्त्रीपरिषद् विस्तारमा पनि भ्रष्टाचारको आरोप लागेकी डा.संगिता कौशल मिश्राको नाममा विवाद भएपछी अन्तिम समयमै हटाइएको थियो।

    अन्तरिम सरकारले मन्त्रीमण्डल विस्तार गर्दा विसम परिस्थितिमा रहेको देशलाई निकास दिनेगरि गम्भिर र जिम्मेवारपूर्ण तवरले विषयविज्ञ तथा विवादरहित एवं योग्य व्यक्ति छनोट गर्नुपर्नेमा जेनजी आन्दोलनको मर्मविपरित नै हुने गरी यसरी लहडको भरमा विवादित व्यक्ति मन्त्री बनाउन खोज्दा प्रधानमन्त्री कार्की नै पटकपटक विवादमा तानिनु भएको छ।

    अन्तरिम सरकारको मन्त्रीपरिषदमा विवादरहित, योग्य तथा विषय विज्ञ र जेनजी आन्दोलनको मर्म र भावना बुझेका व्यक्तिलाई समावेश गर्नुपर्नेमा आँफै विभिन्न अपराधमा मुछिएपछी त्यसको ढाकछोप गर्न सामाजिक सञ्जालमा चर्चामा आएका व्यक्तिलाई प्राथमिकता राखेपछी विरोध हुनु स्वभाविक पनि हो।

    करिब डेढ महिनामा तेश्रोपटक मन्त्रीपरिषद विस्तार गर्दा पनि अन्तरिम सरकार आज नियुक्त २ मन्त्रीसहित बल्ल १० सदस्यीय बनेको छ भने अझै ७ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ। आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका नवनियुक्त मन्त्रीहरु आजै पदभार ग्रहण पनि गरिसकेका छन्।

    नवनियुक्त स्वास्थ्यमन्त्री गौतमले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनका घाइते र प्रभावितका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने पहिलो निर्णय गर्नुभएको छ। विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कार्य अगाडि बढाउने जानकारी दिनुभयो।

    यस्तै,नवनियुक्त युवा तथा खेलकुदमन्त्री गुप्ताले पहिलो निर्णयस्वरुप खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायका सबै बैठक लाइभ गर्ने निर्णय गर्नुभएको छ।पदभार ग्रहण गर्दै खेलकुद मन्त्री गुप्ताले सबै बैठक लाइभ गर्ने निर्देशनात्मक निर्णय गर्नुभएको हो।

    एकातिर छ महिने अन्तरिम सरकार पनि डेढ महिनासम्म मन्त्रीपरिषद विस्तारमै रुमल्लिँदा विवादको घेरा झन्झन् फराकिलो हुँदै गएको छ भने अर्कातिर सरकार र प्रधानमन्त्रीको कार्यक्षमतामाथी नै प्रश्न उठ्न थालेको छ।

    सरकारका गतिविधि हेर्दा प्रधानमन्त्रीलाई अकस्मात् देशको नेतृत्व काँधमा आइपरेपछी हौसिएर अगाडी बढ्दा अहिले सम्हाल्न भारि परेको विज्ञहरुको टिप्पणी छ। राजनैतिक विश्लेषक डा. गंगाधर अधिकारीले सरकारको कार्यशैली हेर्दा प्रधानमन्त्री नै कुहिरोमा हराएको कागजस्तो बनेको टिप्पणी गर्नुभयो।

    छ महिने सरकारले डेढ महिनासम्म मन्त्रीमण्डल पुरा गर्न नसक्नु,त्यसमाथी हरेकपटक अपराधमा मुछिएका विवादित व्यक्ति मन्त्री बनाउन खोज्नु, गरेकै काम पनि देशको परिस्थिति अनुसारका नहुँदा आँफैमाथी प्रश्न उठाउँदै गएको जिकिर गर्नुभयो।

    सरकारले योग्य, विषयविज्ञ, सक्षम व्यक्ति छनोट गर्नुपर्नेमा निहित स्वार्थका लागी सामाजिक सञ्जालमा सक्रिय, स्टन्टबाजको खोजीमा लागेर देश चलाउने कुरामा पनि खेलबाड गरेको आरोप लगाउँदै उहाँले जेनजी आन्दोलन नै तुहिने जोखिम बढेको टिप्पणी गर्नुभयो।

    देशमा जेनजी आन्दोलनले ल्याएको विसम परिस्थितिको सामना गर्न निर्वाचनको म्याण्डेटसहित बनेको अन्तरिम सरकारले करिब डेढ महिना पार गर्दा पनि एकातिर आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लाग्दै आएको छ भने अर्कातिर अहिलेसम्म वातावरण नबनेकोले निर्धारित समयमा निर्वाचन हुनेमै आशंका गर्दै आन्दोलनविरोधी समुहहरु फेरी सलबलाउृन थालेका छन्।

    त्यसमाथी सरकारले मन्त्रीपरिषदजस्तो गम्भिर विषयमा पनि ध्यान नपुराई विभिन्न भ्रष्टाचार र अपराधजस्ता विभिन्न प्रकरणमा मुछिएका व्यक्तिलाई मन्त्री बनाउन खोज्दा सरकारमाथी थप प्रश्न उठ्दै गएको देखिन्छ। यसतर्फ सरकार गम्भिर बन्न जरुरी छ।


    आइतवार, कार्तिक ९ २०८२०७:३१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij