Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दशैं तिहार सकिएसँगै जेनजीको राप पुनः सुरु, सडक प्रदर्शनभन्दा संवादमा सरकारको जोड, आन्दोलनका नाममा अपराध अस्वीकार्य हुने (खासखबर)

दशैं तिहार सकिएसँगै जेनजीको राप पुनः सुरु, सडक प्रदर्शनभन्दा संवादमा सरकारको जोड, आन्दोलनका नाममा अपराध अस्वीकार्य हुने (खासखबर)

  • शनिवार, कार्तिक ८ २०८२

  • 3.3K
    SHARES

  • दशैं तिहार सकिएसँगै जेनजीको राप पुनः सुरु, सडक प्रदर्शनभन्दा संवादमा सरकारको जोड, आन्दोलनका नाममा अपराध अस्वीकार्य हुने (खासखबर)

    काठमाडौं। देशमा जेनजी आन्दोलनले ल्याएको उथलपुथलपछी एक महिना र चाडवाड अवधीभर सामान्य प्राय रहेपनि दशै र तिहार सकिएलगत्तै जेनजीका विभिन्न समुह पुनः सडकमा देखा पर्न थालेका छन्।

    गत भदौको २३ र २४ मा भएको आन्दोलनले उथलपुथल गरि सरकार नै बहिगर्मनमा पारेपछी बनेको अन्तरिम सरकारले नियमित काम कारबाही थालेर अगाडी बढेपछी जेनजीहरुभित्रै असन्तुष्टि बढेको देखिन्छ। भने सुरुमा नेतृत्वबिहिन रहेका जेनजीहरु अहिले जस लिन नेतृत्वको दाउमा लाग्दा समुहसमुहमा विभाजित बनेका छन् भने एकापसमा असन्तुष्टि पनि बढ्दै गएको देखिन्छ।

    तिनै असन्तुष्ट समुहहरु यतिबेला पुनः सडकमा सलबलाउन थालेका छन्। अर्कातिर आन्दोलनकै बलमा बनेको अन्तरिम सरकारले पनि जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप नै चलिरहेको छ भन्ने विश्वासको वाताबरण निर्माण गर्न नसक्दा सरकारमाथी पनि आशंका बढ्दै गएको छ।

    खासगरि आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना र हजारौं घाइते तथा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले पुगेको खर्बौंको क्षतिप्रति सरकार जिम्मेवार बन्न नसकेको, आन्दोलनपछी निर्वाचनकै म्याण्डेट लिएर बनेको सरकारले चुनावी वातावरण बनाउन नसकेको र सुरक्षा प्रत्याभुति पनि दिलाउन नसक्दा आन्दोलन नै तुहिने जोखिम बढेको भन्दै जेनजी समुह र सहिदका परिवार तथा घाइतेहरु सरकारसँग सशंकित बनेका छन् ।

    जसकारण सरकारलाई दवाब दिने उद्देश्यले फेरि सडकमा उत्रिन थालेका हुन्। यसले सरकारको पनि ध्यान केन्द्रित गरेको देखिन्छ। सोहीअनुसार केही जेनजीहरु माइतिघरमा भेला भएर प्रदर्शन थालेपछी उता सरकारले पनि सुरक्षा निकायका प्रमुखहरुसँग छलफल तथा परामर्श गरेको छ।

    आज बिहान माइतिघरमा भेला भएर प्रदर्शन थालेका केही दर्जन जेनजी युनाइटेडका युवाहरुलाई अनुमति नलिइकन प्रदर्शन थालेको भन्दै प्रहरीले पक्राउ गरेको थियो भने सरकारले पनि सडक प्रदर्शनभन्दा संवादमा जोड दिन आह्वान गरेको छ।

    तर जेनजीहरु भने सरकार नै जेनजी आन्दोलनको मर्मअनुसार चल्न नसकेको तथा सहिद र घाइतेको बलिदानी खेर जाने र आन्दोलन तुहिने जोखिम बढेकोले जेनजीहरुलाई एकजुट हुन आह्वान गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दा पनि प्रहरीले धरकपड गरेको भन्दै विरोध गरेका छन्।

    प्रदर्शनमा प्रहरीको हस्तक्षेपपछी रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्दै उनिहरुले जेनजीको रगतको आहालबाट बनेको सरकारले अलोकतान्त्रीक रुपमा आज जेनजीलाई दुव्र्यवहार र लछापछार गरेको भन्दै घोर विरोध जनाएका छन्। जेनजी आन्दोलनको सपना साकार पार्न आँफुहरुले आन्दोलन थप शसक्त पार्ने चेतावनी पनि दिएका छन्।

    यता, विभिन्न गुट उपगुट र समुहमा विभाजित जेनजीहरु फेरि सडकमा आउन थालेपछी र अन्य विभिन्न समुहले पनि दशैं,तिहार, र छठजस्ता चाडपर्वपछी आन्दोलन गर्ने बताएकोले सरकार पनि सशंकित देखिएको छ।

    जसकारण आज प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। आज प्रधानमन्त्रीले गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग गरेको छलफलमा वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न निर्देशन पनि दिनुभएको छ।

    बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको छ भने गृहमन्त्री अर्यालले पनि सम्भावित प्रदर्शनतर्फ इंगित गर्दै मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आह्वान गर्नुभएको छ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुरा आएकोले सबैका राजनीतिक मुद्दा सम्बोधन गर्न सरकारले संवादको ढोका खुला राखेकोले सडक प्रदर्शनभन्दा संवादमा जोड दिन उहाँले आग्रह गर्नुभयो।

    उता, प्रहरी प्रशासनले पनि आन्दोलनका नाममा हुने अपराध र आपराधीक क्रियाकलाप मान्य नहुने चेतावनी दिएको छ। नेपाली प्रहरी प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा आपराधीक गतिविधीहरु सबै कानुनि दायरामा आउने र दण्डीत हुने बताउनुहुन्छ।

    जेनजी आन्दोलनका क्रममा मनोबल खस्किएको जस्तो देखिएपनि प्रहरीको मनोबल खस्किनुपर्ने कुनै कारण नभएको दाबी गर्दै उहाँले विगतमा भएका र भोलि हुन सक्ने सबै अपराधलाई प्रहरीले कानुनी दायरामा ल्याएरै छाड्ने बताउनुभयो।

    मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी युवाले गत भदौ २३ र २४ मा गरेको आन्दोलनले देशमा अहिले विसम परिस्थिति निर्माण भएको छ। जसलाई निकास दिन निर्वाचन गराउने म्याण्डेटसहित कार्कि नेतृत्वमा अन्तरिम सरकार बनेको छ। तर सरकारको काम कारबाही जेनजी आन्दोलनको मर्मअनुसार चलिरहेको छ भन्ने विश्वासको वातावरण बन्न सकेको छैन।

    जसकारण छिन्नभिन्न र तितरवितर हुँदै समुहसमुहमा विभाजित जेनजीहरुसँगै अन्य विभिन्न राजैतिक तथा गैरराजनैतिक समुहहरु फेरि सडकमा उत्रिने बताउँदै आएका छन्। तसर्थ सरकारले सकभर यस्ता समुहरु सडकमा उत्रिनै नपर्ने वातावरण बनाउन सक्नुपर्छ भने उत्रिहालेपनि फेरि अर्को संकट आउन नदिन आजैदेखी सम्यमता र सतर्कता अपनाउन जरुरी देखिन्छ।।


    शनिवार, कार्तिक ८ २०८२०७:२६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij