Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको संस्थापन पक्षले म्याद थप्न थालेपनि हस्ताक्षरकर्ताहरु पत्रकार सम्मेलन गर्दै

काँग्रेसको संस्थापन पक्षले म्याद थप्न थालेपनि हस्ताक्षरकर्ताहरु पत्रकार सम्मेलन गर्दै

  • आइतवार, कार्तिक २ २०८२

  • 758
    SHARES

  • काँग्रेसको संस्थापन पक्षले म्याद थप्न थालेपनि हस्ताक्षरकर्ताहरु पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा पक्षले कार्यसमितिको म्याद थप्न खोजेपछि तत्काल महाधिवेशन गर्न माग गर्नेहरु रुष्ट भएका छन् । कार्यसमितिको म्याद थप गर्न नहुने र विषेश महाधिवेशन गर्नुपर्ने माग गर्दै झण्डै ५५ प्रतिशत महाधिवेशन प्रतितिधिहरुले हस्ताक्षर बुझाईसक्दा पनि संस्थापन पक्षले वेवास्ता गरेकाले उनीहरु रुष्ट भएका हुन् ।

    कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विषेश महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएपछि तीन महिना भित्रमा विषेश महाधिवेशन बोलाउनु पर्ने काँग्रेसको बैधानिक व्यवस्था छ । हस्ताक्षरकर्ताहरुले पार्टीको विधान र अहिलेको आवश्यकता अनुसार विषेश महाधिवेशन माग गर्दा पनि अटेरी गरेपछि देउवा पक्षको अकर्मण्यता छताछुल्ल भएको केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले बताए ।

    देउवा पक्षले निर्वाचनमा उम्मेदवारको टिकट बेच्नका लागि निर्वाचन अगाडि महाधिवेशन नगराउने षड्यन्त्र गरिरहेको विषेश महाधिवेशन पक्षधरहरुले आरोप लगाएका छन् । मंसिर भित्रमा नियमित वा विषेश महाधिवेशन नगर्ने संस्थापन पक्षको तयारीका विरुद्धमा हस्ताक्षरकर्ताहरले आज वृहत पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
    विहान ९ बजे काठमाडौको थापागाउँस्थीत थापागाउँ व्याङ्केटमा हुने पत्रकार सम्मेलनमा महाधिवेशन मंसिरसम्ममा नभए आफूहरुले चाल्ने कदमका बारेमा घोषणा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए ।

    वहुमत साथीहरुको वैधानिक मागलाई वेवास्ता गरियो भने त्यसबाट उत्पन्न हुने पस्थिीतिको जिम्मेवारी वेवास्ता गर्नेहरुले नै लिनु पर्ने उनको भनाई छ । उनले भने अहिलेको आग्रह सामान्य आग्रह हैन, बाध्यकारी र वैधानिक आग्रह हो, लोकतन्त्रीक पार्टीमा वहुमत साथीहरुको वैधानिक आग्रहलाई अस्विकार गर्न मिल्दै मिल्दैन । नेता घिमिरेले काँग्रेस केन्द्रीय समितिले महाधिवेशन नबोलाएमा हस्ताक्षरकर्ताहरुले नै महाधिवेशन बोलाउने चेतावनी दिए ।


    आइतवार, कार्तिक २ २०८२०८:१९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij