काठमाडौं। जेनजी आन्दोलनले उत्पन्न विसम परिस्थितिले खस्किएको सुरक्षा व्यबस्था अझै लयमा आउन सकेको छैन। गत भदौ २३÷२४ गतेको जेनजी आन्दोलन भड्किएपछी सुरु भएको आगजनी र तोडफोडले ठुलो धनजनको क्षति हुने क्रममा सुरक्षा निकायले पनि ठुलो क्षति भोगेको थियो।
आन्दोलन भड्किएर नियण्त्रण बाहिर पुगेपछी र सरकार नै बहिगर्मनमा परेपछी उत्पन्न मुडभेडको परिस्थितिमा ज्यान गुमाएका ७६ जनामध्ये ३ जना प्रहरी कर्मचारी नै थिए भने अन्य केही घाइते हुँदा धेरै प्रहरी कार्यलयमा तोडफोड, आगजनी भएको थियो, सँगै प्रहरीका हतियारदेखी स्रोत साधन लुटपाट हुँदा सिँगो सुरक्षा निकायकै मनोबल खस्किएको थियो।
अर्कातिर सोही आन्दोलनका क्रममा भागेका देशभरका कैदिबन्दीहरु समाजमा पुगेर पुनः हत्या हिँसाजस्ता कार्यमा संलग्न हुँदा र लुटिएका हात हतियार पनि फिर्ता नहुँदा त्रसित सुरक्षा निकायलाई अझैसम्म पुरा कैदिबन्दी फिर्ता ल्याउन र समाजमा अमनचयनको अवस्था कायम राख्न सकेको छैन।
यससँगसँगै आन्दोलनले केपी ओली सरकार बहिगर्मनमा परेपछी बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको तयारी अगाडी बढाएसँगै थप चुनौति थपिँदै गएको देखिन्छ। तरपनि प्रहरी प्रसाशन भने सिमित स्रोत र साधनकै बिचमा पनि आइपर्ने हरेक चुनौतीको सामना गर्न तयार रहेको बताएको छ।
यद्यपी निर्वाचनको उचित वाताबरण निर्माण गर्न नसकेको भन्दै तिब्र आलोचना खेप्दै आईरहेको सरकार भने आपराधिक मानसिकताका व्यक्तिहरूले जेन–जी आन्दोलनलाई हिंसात्मक बनाउँदा ठुलो क्षति भोग्नुपरेको बताउँदै अब समयमै चुनाव सम्पन्न गर्ने गरी सुरक्षा निकायलाई स्रोत साधनले चुस्त दुरुस्त बनाउने दाबी गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकताका व्यक्तिहरूले जेन–जी आन्दोलनमा सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठानलगायत, निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट, प्रहरीमाथि भौतिक आक्रमणका साथै हातहतियार तथा सुरक्षा उपकरण लुटपाट गरेको बताउनुभयो। त्यसपछी पनि नागरिक सहभागितामा भएको मर्मत र पुनःस्थापनाको प्रहरी नागरिक स्पन्दनमा बसेको संगठन भन्ने सत्य स्थापित भएको दाबी गर्नुभयो ।
यता आन्दोलनपछी सुरक्षा निकायले हालको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने हरेक सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको बताएको छ।
आन्दोलनपछिको सुरक्षा चुनौतीमा हतोत्साही नभई डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी गर्नुको विकल्प नभएको बताउँदै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आन्दोलनमा प्रहरीमाथिको आक्रमणले मनोबल कमजोर हुन्छ भन्ने भ्रमको पर्दा एकैछिनमा च्यातिएको बताउनुभयो।
राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताउनुभयो।
यस्तै जेनजी आन्दोलनबाट प्रहरी प्रसाशनले ठुलो क्षति भोग्नुपरेको र यहिबिचमा सरकारले फागुन २१ गतेका लागी निर्वाचनको मिति तोकेर अगाडी बढेकोले यी सबैको व्यवस्थापन गर्दै शान्ती सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रसाशनलाई साधन स्रोतले चुस्त दुरुस्त बनाउने काममा सरकार लागेको बताउनुभयो।
मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा रहेको र यसैको जगमा कानूनी शासन, मानवअधिकारको संरक्षण र अन्य विकासका आधारहरू निर्माण हुने कुरामा सरकार दृढ रहेको बताउनुभयो।
भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले थालेको आन्दोलनले ल्याएको विसम परिस्थितिले खस्किएको सुरक्षा व्यवस्था लयमा ल्याउन सरकारले पनि सुरक्षा निकायको मनोबल उकास्ने गरी कदम चाल्नुपर्ने देखिन्छ। तथापी सरकार भने त्यसतर्फ केन्द्रित हुन नसक्दा अझै मुलुकको शान्ति सुव्यबस्था मजबुत हुन सकेको छैन। यसले आसन्न निर्वाचन पनि भयरहित वातावरणमा सम्पन्न हुनेमा आशंका जन्मिएको छ।
तसर्थ सरकारले यसतर्फ केन्द्रित बनेर अब स्रोत साधनको उचित व्यवस्थापन गरी प्रहरी प्रशासनको मनोबल उकास्ने र आम जनमानसमा पनि शान्ति सु व्यवस्थाको अनुभुति दिलाउने कार्यतर्फ केन्द्रित हुन जरुरी छ।