काठमाडौं। नेपाली कांग्रेसमा नयाँ नेतृत्व परिवर्तन बिना आगामी निर्वाचनमा जान नहुने भन्दै कांग्रेसका शुभेछुकहरुले नयाँ नेतृत्व परिवर्तनका लागि सुझाव दिएका छन् ।
नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिको शनिवार बुटवलमा भएको तेस्रो अधिवेशनमा वोल्नेहरुले निर्वाचनमा गाउँ गाउँमा भोट माग्न जानका लागि कांग्रेसको नेतृत्व परिवर्तन अपरिहार्य रहेको औल्याएका छन् । जेन्जी आनदोलनको मागलाई आत्मसाथ गदै कांग्रेसले नेतृत्व परिवर्त गर्न र योग तथा मुलुक हाँक्न सक्ने भिजन भएकाहरुलाई अगाडी ल्याउन समेत वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेयले पार्टी भित्र रहेको गुटउपगुटको अन्त्य गरी कांग्रेसलाई एकतावद्ध बनाउने गरी नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीभित्र उच्च तहवाट सुधार जरुरी रहेको बताउनुभयो ।
सभापति पन्थीले नियमित वा विशेष अधिवेशन गरेर भएपनि कांग्रेसमा नेतृत्व परिवर्तन गर्न सुझाउदै नेतृत्व परिवर्त विना निर्वाचनमा जान नसकिने दाबी गर्नुभयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले फागुन २१ को निर्वाचनमा जानुको विकल्प नभएको भन्दै त्यो भन्दा अगाडी कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको औँल्याउनुभयो ।
कांग्रेसमा नेतृत्व परिवर्तन विना निर्वाचनमा गएमा थप कमजोर हुने उपसभापति श्रेष्ठको कथन रहेको छ । जेन्जी आन्दोलनको उपलब्धीलाई आत्मसाथ गर्नुको विकल्प छैन भन्दै देश बचाउनका लागि निर्वाचन नै उपयुक्त माध्यम रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका कांग्रेसका प्रखर वक्ता तथा केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेपाली कांग्रेसलाई सच्चाउने र कांग्रेस सच्चिनेमा कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गर्नुभयो । त्यतिमात्र होईन केन्द्रीय सदस्य भण्डारीले कांग्रेसमा नेतृत्व परिवर्त पनि हुने अनि निर्वाचनमा जाने गरी अगाडी बढने जिकिर गर्नुभयो । उहाँले कांग्रेसमा अब योग्य देश हाँक्न सक्ने भिजन भएकाहरुले नेतृत्व लिने पनि स्पष्ट पार्नुभयो ।