Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलसँग छलफल गर्ने

राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलसँग छलफल गर्ने

  • शुक्रवार, आश्विन २४ २०८२

  • 598
    SHARES

  • राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलसँग छलफल गर्ने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग शुक्रबार अपरान्ह छलफल गर्नुहुने भएको छ । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लाग्नु भएको हो । शीतल निवास स्रोतका अनुसार आसन्न चुनावका सन्दर्भमा छलफल केन्द्रित रहनेछ ।

    छलफल शीतलनिवासमै हुनेछ । बिहीबार प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । सरकारले फागुन २१ का निम्ति निर्वाचन गर्नेगरी तयारी जारी राखेका बेला त्यसलाई सफल बनाउनका लागि छलफल गर्न लागिएको हो ।


    शुक्रवार, आश्विन २४ २०८२११:३८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij