Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै आज पनि धुम्बाराहीमा नेकपा नेताहरुको धर्ना

पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै आज पनि धुम्बाराहीमा नेकपा नेताहरुको धर्ना

  • बुधवार, आषाढ २४ २०७७

  • 727
    SHARES

  • पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै आज पनि धुम्बाराहीमा नेकपा नेताहरुको धर्ना

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता र कार्यकर्ताले पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै बुधबार (आज) पनि धर्ना बसेका छन् । केन्द्रीय सदस्यहरुको अगुवाईमा नेता र कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएर नेतृत्वलाई मिल्न दबाब दिएका हुन् ।

    पार्टी कार्यालय धुम्बाराहीको हलमा भेला भएका नेताहरुले ‘कम्युनिष्ट पार्टी नीतिप्रधान हो, नेता प्रधान होइन’ भन्ने पुष्पलालको भनाइलाई ब्यानरमा राखेर धर्ना दिएका छन् । उनीहरुले ‘हामीलाई विभाजन मञ्जुर छैन, पार्टी एकता कायम गर’ भन्ने नारा लेखेको प्लेकार्ड पनि बोकेका छन् ।

    केन्द्रीय सदस्य ठाकुर गैरेले नेताहरुलाई मिल्न दबाब दिँदै केन्द्रीय नेताहरुको अगुवाईमा धर्ना दिएको बताउनुभयो । स्थायी कमिटी बैठकमा केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्र विवाद बढेको छ ।


    बुधवार, आषाढ २४ २०७७०३:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij