काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका नेता विपिन कोइराला सहभागी भएका छन् । राष्ट्रिय शक्ति नेपाल उपत्यका समितिको आयोजनामा माइतीघरमा जारी प्रदर्शनमा कोइराला सहभागी भएका हुन् ।
कोइराला नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष हुन् । यद्यपि, उनलाई कांग्रेसले कुनै जिम्मेवारी भने दिएको छैन । ।
कांग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा रहेको समूहसँग नजिक रहेका कोइराला कुनै वेला पञ्चायतसमेत प्रवेश गरेका थिए ।
माइती घरमा भएको प्रदर्शनमा राजा आउ देश बचाउ, संघीयता खारेज गर, हिन्दुराष्ट्र जिन्दावाद लगायतका नारा लगाइएको छ ।