Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले थाल्यो निर्वाचनको तयारी, सभा सम्मेलन गर्नेलाई सजगताको चेतावनी, नयाँ निर्वाचन रणनीति बनाईँदै (खासखबर)

सरकारले थाल्यो निर्वाचनको तयारी, सभा सम्मेलन गर्नेलाई सजगताको चेतावनी, नयाँ निर्वाचन रणनीति बनाईँदै (खासखबर)

  • शनिवार, आश्विन ११ २०८२

  • 956
    SHARES

  • सरकारले थाल्यो निर्वाचनको तयारी, सभा सम्मेलन गर्नेलाई सजगताको चेतावनी, नयाँ निर्वाचन रणनीति बनाईँदै (खासखबर)

    काठमाडौं। सरकारले आगामी फागुन २१ गतेका लागी तय आम निर्वाचनको तयारी सुरु गरेको छ । जेनजी समुहको आन्दोलनले उथलपुथल ल्याएपछी बनेको वर्तमान अन्तरिम सरकारले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आवश्यक तयारी थालेको हो।

    देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी समुहले भदौ २३ र २४ मा गरेको प्रदर्शनले ल्याएको उथलपुथलले केपी ओली नेतृत्वको सरकार बहिगर्मन गरि जेनजीले नै गरेको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधिश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै प्रतिनिधी सभा विघटन गरेपछी फागुन २१ गतेका लागी निर्वाचनको मिति तय गरिएको थियो।

    सोही निर्वाचनकै म्यान्डेट लिएर बनेको सरकारले निर्धारित मितिमै जेनजी समुह र विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानमा सहभागी गराउँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने योजना थालेसँगै आवश्यक तयारीका लागी निर्वाचन आयोग पनि जुटेको छ।

    त्यसका लागी सरकारले अध्यादेशबाट निर्वाचनसम्बन्धी कानुनि जटिलता फुकाएर मतदाता नामावली संकलन कार्य सुरु गरिसकेको छ भने विदेशबाट भोट हाल्ने व्यवस्थाका लागी पनि आवश्यक छलफल अगाडी बढाएको छ।

    यता आमनिर्वाचनको प्रारम्भिक कार्य पनि सुरु भैसकेकोले सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढंगबाट गर्न आह्वान गर्दै सरकारले सम्वद्ध सबैलाई ध्यानाकर्षण पनि गरिसकेको छ । यसअघी स्वयं प्रधानमन्त्री सुशिला कार्कीले पनि राष्ट्रका नाममा सम्बोधन गर्दै देशको जटिल परिस्थितिमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार आवश्यक तयारीमा जुटिसकेको जानकारी दिनुभएको थियो।

    त्यसक्रममा उहाँले मतदाता नामावलीमा नाम समावेशका लागी अध्यादेशबाट कानुनि जटिलता फुकाइएको र रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपाली नागरिकलाईसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको भन्दै निर्वाचनमा उत्साहका निर्वाचनमा सहभागी हुन सबैलाई आह्वानसमेत गर्नुभयो ।

    सरकारले अध्यादेशबाट मतदाता नामावली संकलनका लागी कानुनी जटिलता फुकाईदिएसँगै उता निर्वाचन आयोग पनि चुनावको तयारीमा जुटिसकेको छ।

    एकातिर निर्वाचनको मितिभन्दा छ महिना पहिलेदेखी मतदाता नामावली संकलन बन्द गर्नुपर्ने प्रावधान त अर्कातिर यसअघी कात्तिकका लागी तय उपनिर्वाचनका लागी बन्द गरिएको मतदाता नामावली संकलन कार्यलाई देशमा उत्पन्न विषम परिस्थितिलाई दृष्टिगत गरेर सरकारले कानुनि जटिलता फुकाएपछी आयोगले नामावलि संकलन कार्य पुनः सुरु गरेको छ।

    आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले निर्वाचनको तयारीका लागी आवश्यक अन्य काम कारबाही पनि तिब्र रुपमा अगाडी बढाईरहेको जानकारी दिँदै अहिले आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा रहेका मौजुदा सामाग्री संकलन गरि आवश्यक पर्ने सामाग्रीको व्यबस्थापनको काम गरिरहेको जानकारी दिनुभयो।

    यस्तै देशमा उत्पन्न विषम परिस्थितिमा मध्यावधी निर्वाचन सम्पन्न गर्नका लागी अर्थमन्त्रालयले पनि खर्च व्यवस्थापनको कार्य अगाडी बढाईरहेको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले निर्धारित समय ६ महिनाभित्र अन्तरिम सरकारले निर्वाचन सम्पन्न गर्नैपर्ने वाध्यकारी अवस्थामा रहेकोले अघिल्लो सरकारको बजेटमा समावेश अनुपयुक्त र अनुत्पादक योजनालाई स्थगन गरी निर्वाचन खर्च व्यवस्थापन गर्ने काम सुरु गरिएको बताउनुभयो ।

    सुशासन तथा भ्रष्टाचार नियन्त्रणको मागमा गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलनले उत्पन्न परिस्थितिपछि छ महिनामा निर्वाचन गराउने गरी गठित नयाँ अन्तरिम सरकारले आगामी फागुन २१ कालागी निर्वाचनको मिति घोषणा गरेर काम कारबाही अगाडी बढाएको छ ।

    यस अवस्थामा सभ्य, शान्त, स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गरी जेनजी आन्दोलनको मर्मबमोजिम भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासनको प्रत्याभुति दिलाउने योग्य प्रतिनिधी चयन गर्नका लागी आम नागरिकसँगै सबै सरोकारवाला पक्षले आ आफ्नो दायीतव पुरा गर्न जरुरी छ ।


    शनिवार, आश्विन ११ २०८२०८:१६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij