काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको आरोप लगाउनुभएको छ। आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो बताउनुभएको हो।
मेडिकल व्यवसायीसमेत रहनु भएका प्रसाईँले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको दाबी समेत गर्नुभएको छ। उहाँले भन्नुभयो, ’आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क प¥यौँ ।’
उहाँले आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको समेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’