Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘नेकपाको आन्तरिक राजनीतिमा चिनियाँ प्रभाव बढ्नु देशको लागि अशुुभ संकेत हो’

‘नेकपाको आन्तरिक राजनीतिमा चिनियाँ प्रभाव बढ्नु देशको लागि अशुुभ संकेत हो’

नेकपा भन्छ– पार्टीको विवादसँग नजोड्नु
  • सोमवार, मंसिर १५ २०७७

  • 1.1K
    SHARES

  • ‘नेकपाको आन्तरिक राजनीतिमा चिनियाँ प्रभाव बढ्नु देशको लागि अशुुभ संकेत हो’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक राजनीतिमा चिनियाँ दवदवा बढ्दै गएको टिप्पणी हुन थालेको छ । अहिले पनि नेकपाको जारी विवादकाबीच चिनियाँ रक्षामन्त्रीको भ्रमण र राजदूत होउ यान्छीको सक्रियालाई लिएर सत्तारुढ नेकपाको आन्तरिक राजनीतिमा चीनको दवदवा बढ्दै गएको टिप्पणी भइरहको हो ।

    दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले आइतवार नेपाल भ्रमण गर्नुभएको छ । आइतवार बिहान काठमाडौं आउनुभएका चिनियाँ रक्षामन्त्री फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतसँग उच्चस्तरीय भेटवार्ता गरेर फर्किनुभएको छ ।

    नेकपामा आन्तरिक विवाद चर्किएकै बेला छिमेकी मुलुक चीनबाट उच्चस्तरीय भ्रमण हुनु देशको लागि अशुभ संकेत भएको कांग्रेसको टिप्पणी छ ।
    सत्ता सञ्चालन गर्ने पार्टी नै आफ्नो कुरा आफै मिलाउन नसक्नु र चीनको इसारामा फुट्ने र जुट्ने निष्कर्षमा पुग्नु मुलुकको शुभ संकेत नभएको पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतको टिप्पणी छ ।

    अरुले भने पछि मिल्ने र जुट्ने सत्तारुढ नेकपाको प्रवृत्तिले शक्तिको स्रोत नै जनतालाई नमानेको नेता महतले बताउनुभयो । तर सत्तारुढ दल नेकपाका नेताहरुले भने पार्टीको आन्तरिक विवादमा चीनको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

    पहिलेदेखिकै योजनाअनुरुप द्धिपक्षीय सम्बन्ध विस्तारका लागि चिनियाँ रक्षामन्त्री फेङ्हेको भ्रमण भएको नेकपाका नेता लिलामणी पोखरेलको दाबी छ । साथै भारतीय र अमेरिकी चलखेल बढ्दै गएकोले चीनले पनि आफ्नो सुरक्षा सामथ्र्य मजवुद्ध बनाउँदै लगेको र त्यही प्रयोजनमा पनि चिनियाँ रक्षामन्त्रीको भ्रमण केन्द्रित रहेको नेता पोखरेलको भनाइ छ ।

    चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले पनि सत्तारुढ नेकपाको विवादसँग चिनलाई जोड्न नमिल्ने बताउनुभएको छ । चीन जस्ता ठूला शक्ति राष्ट्रहरुले यस्ता सानातिना बिषयमा त्यत्ति चासो नदेखाउने र सम्लग्न नहुने उहाँको भनाइ छ ।

    चिनियाँ रक्षामन्त्री फेङ्हेको भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई अझ गति दिने, मैत्रीपूर्ण बनाउने रुपमा मात्र लिनुपर्ने भन्दै उहाँले कुनै देशको शक्तिविशेषलाई लिएर यस्तो कूटनीतिक उच्चस्तरीय भ्रमण नुहने पूर्वराजदूत कार्कीले बताउनुभयो ।

    यसअघि पनि सत्तारुढ नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुग्दा त्यसलाई साम्य पार्न चीनको ठूलो हात रहेको दाबी गरिएको थियो ।


    सोमवार, मंसिर १५ २०७७०६:३०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij