Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पूर्वप्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मीको देब्रे हात काट्नु पर्ने

पूर्वप्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मीको देब्रे हात काट्नु पर्ने

  • बिहिवार, आश्विन २ २०८२

  • 964
    SHARES

  • पूर्वप्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मीको देब्रे हात काट्नु पर्ने

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अझै संवेदनशील रहेको छ । उपचारका क्रममा उनको देब्रे हातको कुहिनो भन्दा मुनीको भाग काट्नु परेको पारिवारिक स्रोतले बताएको छ ।

    भदौ २४ गते जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी जलेकी थिइन् । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगिएको थियो । उनको बुधबार अपरेसन गर्दा देब्रे हात काटिएको हो ।

    स्रोतले भन्यो, ‘धुवाँको मुस्लो शरीरभित्र छिर्दा श्वासप्रश्वासमा समस्या थियो । तर, कफबाट क्रमशः निस्कन थालेपछि अहिले श्वासप्रश्वास नियमित भएको छ । खाना खाने र राम्रोसँग बोल्नुहुन्छ ।’

    रविलक्ष्मीको दाहिने हात चल्ने अवस्थामा छ । फोक्सोको संक्रमण घटेका कारण डाक्टरले खतरामुक्त भनेको स्रोतले बतायो ।


    बिहिवार, आश्विन २ २०८२०५:२१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij