काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएको दाबी गरेको छ । त्यसैले, त्यो अस्वीकार्य भएको उसले बताएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सफरेन्सी इनटरनेशनलमा काम गर्ने मानिसहरु राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताउनुभएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले करिब चार दिनअघि नेपालमा भ्रष्टाचार बढ्दै गएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।