Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको विधान महाधिवेशन सुरु, विधानमार्फत विद्यालाई पूर्ण निषेध गर्ने ओलीको रणनीति, पर्ख र हेरमा विद्या, फरक मत अलपत्र (खासखबर)

एमालेको विधान महाधिवेशन सुरु, विधानमार्फत विद्यालाई पूर्ण निषेध गर्ने ओलीको रणनीति, पर्ख र हेरमा विद्या, फरक मत अलपत्र (खासखबर)

  • शुक्रवार, भाद्र २० २०८२

  • 637
    SHARES

  • एमालेको विधान महाधिवेशन सुरु, विधानमार्फत विद्यालाई पूर्ण निषेध गर्ने ओलीको रणनीति, पर्ख र हेरमा विद्या, फरक मत अलपत्र (खासखबर)

    काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू भएको छ। ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा आज पहिलो दिन विभिन्न प्रतिवेदनहरु प्रस्तुत भएका छन्।

    पार्टीभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्व नै हत्याउने उद्देश्यले सक्रियता बढाएपछी पार्टीको विधान नै परिमार्जन गरेर पुनः अर्को कार्याकाल पनि आफ्नो पोल्टामा पार्ने उदेश्यले अध्यक्ष ओलीले पार्टी इतिहासमै दोश्रो पटक विधान महाधिवेशन गर्ने रणनीति अवलम्बन गर्नुभएको हो।

    खासगरी अघिल्लोपटक एमालेमा आन्तरीक विवाद सुरु भएका बेला दोश्रोपटक पार्टी अध्यक्ष बन्ने र केही नेताहरुलाई साइजमा राखेर आफ्नो एकलौटी कायम राख्ने रणनीतिका साथ अध्यक्ष ओलीले पहिलो विधान महाधीवेशन मार्फत एमालेमा पार्टी नेतृत्वमा दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यबस्था कायम गर्नुभएको थियो ।

    तर यतिबेला फेरी तेश्रो कार्यकाल हत्याउन आँफैलाई सोही प्रावधान वाधक बनेपछी र पूर्वराष्ट्रपति भण्डारीले पनि काउण्टर दिन खोजेपछी ओलीले यतिबेला हतार हतारमा पुनः विधान महाधिवेशन गर्ने रणनीतिमा जुट्नुभएको हो । यो विधान महाधिवेशनमार्फत पार्टी अध्यक्षलाई ७० वर्षे उमेरहद र दुई कार्यकाल मात्रै रहने व्यवस्था खारेज गरिँदै छ।

    भने पूर्वराष्ट्रपति भण्डारीलाई नै राजनीतिमा फर्कन रोक लगाउने गरी सदस्यता नविकरण नै नगर्ने व्यवस्था कायम गरिँदै छ। यसले केही समय अगाडीदेखी पूर्वराष्ट्रपतिको हैसियतमा उपभोग गर्दै आएको सबै सरकारी सेवा सुविधा त्यागेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेर पार्टी गतिविधीमा लागेकी भण्डारीलाई झड्का लागेको छ।

    जसले एमालेभित्र भण्डारी पक्षधरमा असन्तु्ष्टी बढेको छ। यसको विरोधमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षद्वय डा.सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, नेता कर्ण थापालगाएत खुलेरै प्रस्तुत भएका छन् भने केही नेताहरु ओलीको डरले खुल्न सकेका छैनन्।

    विरोधमा उत्रिएका नेताहरुले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किन संविधानले समेत नरोकेको अवस्थामा पार्टीले रोक्न नमिल्ने भन्दै पेण्डिङमा रहेको सदस्यता नविकरण गर्न दबाब दिँदै आएका छन् । सोही अनुसार नै यतिबेला भण्डारीको तर्फबाट नेता कर्ण थापाले फरक मत पनि राखेपनि विधान महाधिवेशनमा भने यो विषयलाई प्रवेश नै नदिने ओलीको रणनीति छ।

    हिजो नै पार्टीमा फरक मत दर्ता गराउनुभएका थापाले ७०वर्षे उमेरहद र २ कार्यकाल कायम राख्नुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने,पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने लगायतका विषय समेटेर फरक मतको दस्तावेज प्रस्तुत गरेको बताउनुहुन्छ।पार्टी पनि लोकतान्त्रीक पद्धतीबाट नचलेको उहाँको आरोप छ।

    सुरुवाटै पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेरै लाग्नुभएका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको सदस्यता नरहनेबारे गरिएको निर्णय सच्याउन माग गर्दै यसअघी नै फरक मत पेस गरिसक्नुभएको थियो। भने उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको संविधानले समेत कोही पनि व्यक्तिलाई पार्टीमा निषेध नगरेकाले कुनै पार्टीले रोक्न नमिल्ने दाबी गर्नुहुन्छ।

    संविधानको व्यवस्था अनुसार तीन अवस्था निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जाने र त्यो बाहेक अरू कुनै व्यवस्था नरहेको दाबी गर्दै पाण्डेले संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर रोक्न नमिल्ने दाबी गर्नुभयो।

    पार्टीभित्र विस्तारै पकड जमाउँदै गएकी भण्डारीलाई यसअघी नै पार्टी कमिटी बैठकबाट सदस्यता होल्ड गर्ने निर्णय भएपछी थप चिडिँदै गएको देखिन्छ भने पार्टीभित्र तल्लो तहसम्मै समानान्तर गतिविधी पनि निर्माण गर्दै गएको देखिन्छ। सँगै यतिबेला विधान महाधिवेशनबाट सदस्यता नविकरण गर्न दवाब दिनेगरी मत बलियो बनाउन लागेको देखिन्छ।

    जसअनुसार आज कार्यक्रम स्थल परिसरमा भण्डारीले विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै शुभकामना सन्देश दिँदै चिठी वितरण भएको देखिन्छ। भण्डारीले उक्त सन्देश अध्ययन गर्न आग्रह गर्दै उपयुक्त सुझाव र सल्लाह पाउने आशा गरेको उल्लेख गर्नुभएको छ।

    तर, अध्यक्ष ओलीले भने विधान महाधीवेशन उद्याटन गर्ने क्रममै भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढङ्गले उचालिएको टिप्पणी गर्दै भण्डारीको सदस्यता यो महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताउनुभयो। उहाँले यो विषयमा कमिटीगत छलफलको विषय भएकाले महाधिवेशनको छलफलको विषय नरहेको बताउनुभयो ।

    आजदेखी सुरु भएको विधान महाधिवेशनमा पहिले दिन अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठानिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव गरी मूल तीनवटा प्रस्ताव र प्रतिवेदन पेस भएका छन्। तर, स्थायी कमिटी सदस्य थापाको असहमति दस्ताबेजले भने प्रवेश पाउने नपाउने सम्भावना कम देखिएको छ।

    यसले एमालेभित्र विद्यापक्षलाई थप असन्तुष्ट बनाउने देखिन्छ । खासगरी एमालेमा आँफुविरुद्ध प्रस्तुत हुनेहरुविरुद्ध हिटलर शैलि अपनाएर पार्टीबाटै ठेगान लगाएर शक्तिसाली बनेर एकलौटी राज गर्दै आउनु भएका अध्यक्ष ओलीलाई विगतमा संविधान नै कुल्चिदासमेत साथ दिएर पटकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउन सहयोग गरेकी विद्याले नै काउण्टर दिने गरी उत्रिएपछी एमालेमा अहिले तरङ्ग आएको हो ।

    पार्टी पूर्वमहासचिव स्व. मदन भण्डारीकी पत्नि एवं आँफै पनि पूर्वउपाध्यक्ष बनिसकेकी भण्डारीले देशकै नेतृत्व सम्हालेपनि पार्टीभित्र पनि राम्रै पकड जम्दै गएको देखेपछी नयाँ रणनीतिका साथ पार्टी राजनीतिमा फर्किएकोले अहिले यदि ओलीले विधान महाधिवेशनमार्फत पूर्ण निषेध गरेपनि यो तरङ्ग सहजै सेलाउने लक्षण भने देखिँदैन ।।


    शुक्रवार, भाद्र २० २०८२०७:४८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij