काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपाभित्रको विवाद समाधान गर्न आफूहरुलाई बाटो खुलेको बताउनुभएको छ ।
पार्टी बाहिर छरिएर रहेका बिचारहरु पार्टीमा भित्रिएका र बैठकहरुमा छलफल गरी त्यसलाई समाधान गर्न सकिनेमा उहाँले जोड दिनुभएको छ ।
आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै बुझाएको प्रस्तावको प्रतिउत्तर पेश गर्नुभएको थियो । त्यसैमा प्रतिक्रिया जनाउँदै गौतमले बैठकका माध्ययमबाट छलफल हुने र त्यसैबाट समस्या समाधान हुनेमा जोड दिनुभएको हो ।