Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

  • आइतवार, भाद्र १५ २०८२

  • 1.1K
    SHARES

  • चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा मेडिकल कलेज धनगढीबाट सत्याग्रह सुरु गर्नुभएको छ । शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गर्नुभएको हो ।

    प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैर जिम्मेवार निर्णय गरेको आरोप डा.केसीले जारी गरेको विज्ञप्तिमा लगाइएको छ । उहाँले यो कदम चिकित्सा शिक्षा ऐनको मर्म विपरीत भएको भन्दै आलोचना गर्नुभएको हो ।

    विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेताहरू र माफियाको झोला मात्र भरिने बताउँदै डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल तत्काल खोल्नुपर्ने, कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा संचालन गर्नुपर्ने र अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्नुभएको छ ।

    उहाँले लिपुलेकमा भइरहेको सीमा मिचाइको विरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न भारतलाई आग्रह गर्नुभएको छ । साथै, युक्रेनमाथि रुसको आक्रमण र गाजामाथि इजरायलको आक्रमणविरुद्ध पनि आवाज उठाउँदै युद्ध रोक्नुपर्ने माग गर्नुभएको छ ।

    सत्याग्रहको घोषणा गर्दै डा.केसीले गलत रूपमा गरिएको निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्छ र पूर्व सम्झौताहरू तत्काल कार्यान्वयन हुनुपर्छ । अन्यथा स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा गम्भीर संकट आउने बताउनु भएको छ ।


    आइतवार, भाद्र १५ २०८२०२:३१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij