Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सीमा विवाद उत्कर्षमै रहेका बेला प्रधानमन्त्री चीन भ्रमणमा, बेमौसमी भ्रमण गरेको विपक्षीको टिप्पणी, लिपुलेक विवादमा स्पष्ट अडान लिन विज्ञको सुझाव (खासखबर)

सीमा विवाद उत्कर्षमै रहेका बेला प्रधानमन्त्री चीन भ्रमणमा, बेमौसमी भ्रमण गरेको विपक्षीको टिप्पणी, लिपुलेक विवादमा स्पष्ट अडान लिन विज्ञको सुझाव (खासखबर)

  • शनिवार, भाद्र १४ २०८२

  • 687
    SHARES

  • सीमा विवाद उत्कर्षमै रहेका बेला प्रधानमन्त्री चीन भ्रमणमा, बेमौसमी भ्रमण गरेको विपक्षीको टिप्पणी, लिपुलेक विवादमा स्पष्ट अडान लिन विज्ञको सुझाव (खासखबर)

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आजदेखी चीन भ्रमणमा हुनुहुनछ। चीन र भारतले नेपाललाई कुनै जानकारी नै नदिई नेपाली भुमी लिपुलेक प्रयोग गरी दुईदेशबिच सिमापार व्यापारको सहमती गरेपछी उत्पन्न सिमा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली आज चिनियाँ राष्ट्रपति सी जीन पिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन(एससीओ) शिखर सम्मेलनमा भाग लिन आज चीनको तियान्जीया पुग्नु भएको हो।

    आज बिहान नेपालबाट २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली अपराह्न चीन पुगेलगत्तै आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्तासमेत गरिसक्नु भएको छ भने भेटवार्तामा नेपाल र चीनबिचको द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ।

    प्रधानमन्त्री ओलीको भ्रमण तालिकाअनुसार सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने, सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागी हुनुहुनेछ । भने सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग र अन्य समयमा सम्मेलनमा सहभागी विश्व नेताहरूसँगै मित्रराष्ट्रहरूका राष्ट्र प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ भने भेटवार्ताबाट नेपालको हित प्रवद्र्धनसँगै नेपालको प्रतिष्ठा थप उचाईमा पुराउने प्रधानमन्त्री ओलीले हिजो सदनबाटै प्रतिवद्धता जनाईसक्नु भएको छ।

    तर उक्त सदनको संबोधनमा हालै नेपाली भुमी लिपुलेक पासबाट नेपाललाई कुनै जानकारी नै नदिई भारत र चीनले गरेको सिमापार व्यापार सहमतीको विषयमा भने कुनै प्रतिक्रिया नजनाएपछी भ्रमणका क्रममा प्रधानमन्त्रीले के कस्तो कदम चाल्छन् होला? भन्ने यतिबेला चौतर्फी चासोको विषय बनेको छ । यद्यपी यस भ्रमणमा प्रधानमन्त्री ओलीले यस विषयमा सशक्त र दरिलो अडानका साथ चीन र भारतीय समकक्षीसँग भेटवार्ता गरी कुटनीतिक माध्यमबाट वार्ता गर्ने तयारी गरेको सरकारको दाबी छ ।

    सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पनि प्रधानमन्त्रीको चीन भ्रमणले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने दाबी गरेको छ । एमाले नेता खगराज अधिकारीले प्रधानमन्त्रीले यसपटक लिपुलेक सिमा विवादलाई प्राथमीकता मात्रै नभएर स्पष्ट रुपमा राख्ने र अन्तराष्ट्रिय जगतमा पनि नेपालको भुमीको बारेमा जानकारी दिँदै छिमेकी देशसँगको सम्बन्ध थप उचाईमा पुराउने जिकिर गर्नुभयो ।

    तर विपक्षी दलहरुले भने यतिबेला प्रधानमन्त्रीले आवश्यकताभन्दा रहरले चीन भ्रमण गरेको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल राजनले प्रधानमन्त्रीको चीन भ्रमण आवश्यकता नभएर इच्छाको विषय रहेको टिप्पणी गर्नुभयो।

    एससीओको सदस्यसमेत नरहेको नेपाललाई चीनले सामान्य अतिथिको रुपमा आमन्त्रण गर्दा राष्ट्रपति र उपराष्ट्रपतिले अस्वीकार गरेपछी प्रधानमन्त्री इच्छुक बनेर चीन भ्रमणमा गएको उहाँको टिप्पणी छ।

    यतिबेला छिमेकी चीन भारतले नेपालको जानकारी र सहमती बिना नै नेपालको भुमी प्रयोग गरी सिमापार व्यापारको सहमती गरेर नेपाललाई हेपीरहेको समयमा दुबै देशको भ्रमण स्थगीत गरेर मुलुकको राष्ट्रियता, स्वधीनताको रक्षार्थ दृढ रुपले उभिनुपर्ने समयमा प्रधानमन्त्री नै चिन भ्रमणमा जानु सोभनिय नरहेको उहाँको टिप्पणी थियो।

    यता विज्ञ तथा जानकारहरुले पनि प्रधानमन्त्रीले चीन भ्रमणमा धेरै कुराहरुमा ख्याल गर्न र सिमाको विषयमा गम्भिर बन्न जरुरी रहेको बताएका छन्। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारत र चीनका नेताहरुसँग नेपाललाई नसोधी लिपुलेकको मार्ग प्रयोग गर्नेबारे भएको सम्झौताबारे स्पष्ट कुरा राख्न सक्नुपर्ने बताउनुहुन्छ।

    ‘लिपुलेकको बाटोको बारेमा नेपाललाई नसोधी, दुईदेशले गरेको सहमतीले देशभित्र सनसनी नै आएको छ। प्रधानमन्त्रीले यो कुरा उठाउनुहुन्छ कि उठाउनुहुँदैन? समाधान गर्नलाई के पहल होला भन्ने प्रश्न व्यापक रुपमा छ, यसमा उहाँले स्पष्ट रुपमा कुरा उठाउनुपर्छ,’ उहाँले भन्नुभयो।

    यदि भारत र चीनलाई लिपुलेकको बाटो चाहिएको हो भने नेपाल दिन तयार रहने भन्दै श्रेष्ठले त्रिदेशीय वार्ता गरेर त्यो भूमिको स्वामित्व नेपालको हुने शर्तसहित बाटो खोल्न सकिने कुरामा नेपाल बाधक बन्न नहुने बताउनुभयो। भारतले लिपुलेकदेखि लिम्पियाधुरासम्मको जग्गा स्थायी रुपमा कब्जा गरेर बस्न चाहेको भएपनि चीनको भने त्यस्तो मनशाय नरहेको उहाँको तर्क छ।

    चीन र भारतको उक्त सहमतीले उत्पन्न सिमासम्बन्धी विवाद उत्कर्षमा पुगेको बेला विवादकै बिच प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जानु भएको छ। उहाँ आउँदो भदौ १८ गते स्वदेश फर्कनुहुनेछ।

    मुलतः नेपाली भुमिमाथी दुई छिमेकीले नेपाललाई नै नसोधी सिमापार व्यापारको सहमती गरेर नेपालको स्वधानीतामाथी नै प्रहार गरेको अवस्थामा भ्रमण नै स्थगीत गरेर स्पष्ट अडानका साथ उक्त सहमती खारेज गरी त्रीदेशीय वार्ताको वाताबरण बनाउन जरुरी थियो। तर आज चीन भ्रमणमा पुगिसक्नुभएका प्रधानमन्त्री ओलीले चीनियाँ राष्ट्रपतिसहितसँग भेटवार्ता गरी उच्चस्तरीय र द्विपक्षीय वार्ता पनि सुरु गरिसक्नु भएको छ।

    तसर्थ अब चीनिया र भारतीय समकक्षीसँगको भेटवार्ता र अन्तराष्ट्रिय समुदायसँगको वार्तामा पनि नेपाली भुमी लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा भारतले गरिरहेको हस्तक्षेप र कुदृष्टि दिर्घकालिन रुपमै अन्त्य हुनेगरी कुटनितिक तथा राजनैतिक उपाय अवलम्बन गर्न जरुरी छ।


    शनिवार, भाद्र १४ २०८२०८:१४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij