Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

सबैभन्दा धेरै सार्वजनिक विदा दिनेमा नेपाल पहलो नम्बरमा

सबैभन्दा धेरै सार्वजनिक विदा दिनेमा नेपाल पहलो नम्बरमा

  • शुक्रवार, भाद्र १३ २०८२

  • 504
    SHARES

  • सबैभन्दा धेरै सार्वजनिक विदा दिनेमा नेपाल पहलो नम्बरमा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई सार्वजनिक बिदा घटाउन सुझाव दिनुभएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा उहाँले सरकारलाई सार्वजनिक बिदा कटौती गर्न सुझाव दिनुभएको हो ।

    सांसद खतिवडाले नेपाल सार्वजनिक बिदा दिने राष्ट्रकै पहिलो नम्बरमा देखिएको पनि संसद्लाई जानकारी गराउनु भएको छ । ‘नेपाल पब्लिक होलिडे दिनेमा संसारकै पहिलो नम्बरमा परेछ । बिदालाई अलिकता कम गर्नुप¥यो,’ उहाँले भन्नुभयो, ‘त्यतातिर सरकारले ध्यान दिएर अध्ययन गरेर अगाडि बढोस् ।’

    नेपालको छिमेकी मुलुक भारत सार्वजनिक बिदा दिने देशहरूको सूचीको सातौँ नम्बरमा रहेको भन्दै नेपालपछि दोस्रोमा इरान, तेस्रोमा म्यानमार, चौथोमा श्रीलंका, पाँचौँमा बंगलादेश र छैठौँमा कम्बोडिया रहेको छ।


    शुक्रवार, भाद्र १३ २०८२०४:१७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij