Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

चिनियाँ रक्षा मन्त्रीको आगमनले नेकपाको विभाजन रोक्न सहयोगी हुने

चिनियाँ रक्षा मन्त्रीको आगमनले नेकपाको विभाजन रोक्न सहयोगी हुने

  • आइतवार, मंसिर १४ २०७७

  • 951
    SHARES

  • चिनियाँ रक्षा मन्त्रीको आगमनले नेकपाको विभाजन रोक्न सहयोगी हुने

    काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन रोक्नका लागि चिनियाँ रक्षा मन्त्री वेई फेङ्हको भ्रमण सहयोगी हुनसक्ने कुटनीतिज्ञहरुले बताएका छन् ।

    चीनले नेपालको कम्युनिष्ट पार्टी नफुटोस भन्ने चाहेको र त्यसका लागि देखिनेगरी नै सक्रियता देखाएकाले रक्षामन्त्रीको भ्रमणका क्रममा पनि यो विषयमा प्राथमिकताका साथ प्रयास हुने उनीहरुको बुझाई छ । रक्षा मन्त्रीले देखिने र सार्वजनिक हुनेगरी नेकपाको आन्तरिक विषयमा भूमिका नखेलेपनि चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको चाहना, अपेक्षा र आश्वासन दिनसक्ने कुटनीतिज्ञहरुले बताएका छन् ।

    चीनका लागि पूर्व नेपाली राजदूत हिरण्डयलाल श्रेष्ठले चिनिया कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीचमा भाइचाराको सम्वन्ध भएकाले पनि चिनियाँ पक्षले नेकपाको फुट जोगाउने प्रयास गर्नु स्वभाविक भएको बताउनु भयो ।

    रक्षामन्त्रीले नेकपाका नेताहरुसँगको भेटका क्रममा यस विषयमा चासो र सुझाव राख्न सक्ने उहाँको अनुमान छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले भन्नुभयो, “नेकपा नफुटोस भन्ने चीनको चाहना छ, त्यसका लागि चनिले ढाढस दिनसक्छ, चिनिया रक्षा मन्त्रीको भ्रमण त्यसका लागि पनि भएको देखिन्छ ।”

    भारतका गुप्तचर प्रमुख, सेना प्रमुख, विदेश सचिवलगायतका व्यक्तिहरुको लगातार भ्रमणका कारणले पनि चिनियाँ रक्षा मन्त्रीको भ्रमण अनिवार्य भएको उहाँको बुझाई छ । भारतीयहरु लगातार आउने तर चीनको कोही नआउने गर्दा सन्तुलन विग्रिने, भारतको पक्षमा मात्रै वातावरण बन्ने वा चीनको भूमिका नदेखिने डरले भूमिका देखाउन चिनियाँ रक्षा मन्त्री आउन लागेको उहाँले बताउनुभयो ।

    भारतको चासो बढेकाले चीनको पनि चासो बढ्नु स्वभाविक भएको पूर्व राजदुत श्रेष्ठले तर्क गर्नुभयो । नेपाल भु राजनीतिक महत्वको क्षेत्र भएकाले चीन र भारतसँगै अमेरिका, युरोपेली संघ लगायतको अत्यन्त बढी चासो रहेको उहाँको भनाई छ ।

     

    सवैले नेपाललाई महत्व र चासोका साथ हेरेकाले त्यसलाई उपयोग गर्दै सवैसँग राम्रो र सन्तुलित सम्वन्ध राखेर विकास, सहयोग र सहकार्यमा रुपान्तरण गर्न पूर्व राजदुत श्रेष्ठले सुझाव दिनुभयो ।

     

     


    आइतवार, मंसिर १४ २०७७०९:१४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij