Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

चिनियाँ रक्षामन्त्री एकदिने भ्रमणमा आज नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री एकदिने भ्रमणमा आज नेपाल आउँदै

  • आइतवार, मंसिर १४ २०७७

  • 943
    SHARES

  • चिनियाँ रक्षामन्त्री एकदिने भ्रमणमा आज नेपाल आउँदै

    काठमाडौं ।  चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे नेपालको एकदिने भ्रमणका लागि आज (आइतबार) काठमाडौं आउँदै हुुनुन्छ ।
    छिमेकी भारतका विदेशसचिव हर्षबर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।


    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रक्षामन्त्री वेई २१ सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्नुहुने छ । एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । 


    तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ ।

    २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । उहाँ आजै साँझ फर्कर्ने कार्यक्रम छ ।


    आइतवार, मंसिर १४ २०७७०६:५०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij