Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको भैरहवाबाट नख्खुमा अड्डासार, प्रतिशोधविरुद्ध मंगल ग्रहमै पुराए पनि लडिरहने प्रतिक्रिया(खासखबर)

रवि लामिछानेको भैरहवाबाट नख्खुमा अड्डासार, प्रतिशोधविरुद्ध मंगल ग्रहमै पुराए पनि लडिरहने प्रतिक्रिया(खासखबर)

  • शनिवार, श्रावण ३१ २०८२

  • 862
    SHARES

  • रवि लामिछानेको भैरहवाबाट नख्खुमा अड्डासार, प्रतिशोधविरुद्ध मंगल ग्रहमै पुराए पनि लडिरहने प्रतिक्रिया(खासखबर)

    काठमाडौं। अन्ततःराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट अड्डासार गरेर ललितपुरस्थीत नख्खु कारागार ल्याइएको छ। सहकारी ठगी प्रकरणमा गत चैत २५गतेदेखी रुपन्देहीको भैरहवा कारागारमा रहेका लामिछानेको इच्छा अनुसार आज अड्डासार गरिएको हो।

    बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा पुर्पक्षका लागि चैत २५ गते रुपन्देही कारागार चलान भएका लामिछानेले गत जेठ १४ गते नै रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए। अदालतले पनि जेठ १६ गते अनुमति दिएको थियो तर सरकारले सुरक्षा व्यवस्थापनको कारण देखाउँदै आजसम्म अड्डासार गरेको थिएन।

    यसैलाई लिएर सुरुमा रविविरुद्ध मुद्दा दायर हुनासाथ सरकारले राजनैतिक प्रतिशोध साँधेको आरोप लगाउँदै आएका रास्वपा तथा रविका समर्थकहरुले अड्डासारमा पनि सरकार र गृहमन्त्रीले सोही नियती दोहोराएको भन्दै विरोध गर्दै आएका थिए।

    सँगसँगै रुपन्देही कारागारमा पनि कैदिबन्दीले पाउने अत्यावश्यक सेवासुविधा पनि प्राप्त गर्न नसकेको र सरकारकै प्रतिसोधले न्युनम आधारभुत आवश्यकता पनि प्राप्त गर्न नदिएको र मानव अधिकार नै हनन गरेको भन्ने गलत भास्यसमेत स्थापीत गर्न खोजिएको थियो।

    तर कारागार प्रसाशन र सरकारले यसको पटकपटक खण्डनसमेत गर्दै आएको थियो। भने कारगारको स्थलगत अनुगमनका क्रममा भने बाहिर अफवाह फैलिएजस्तो भित्र नरहेको पाइएपछी यसले गलत भास्य पुष्टि गरेको थियो। तथापी सोही क्रममा रविको अवस्थाबारे जानकारी लिन स्थलगत अनुगमनका लागी मानव अधिकार आयोगका आयुक्त लिलि थापा नेतृत्वको टोली कारागार पुगेको थियो।

    अनुगमनका क्रममा आयोगले क्षमताभन्दा धेरै कैदी राख्नु र व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी रहेको औल्याएको थियो। लामिछानेले पनि आयोगसँग आँफु बाहिर हिँडडुल गर्न नपाएको, पत्रपत्रिका पढ्न नपाएको, कानूनी सहायता लिन नपाएको, मुद्दा लड्न कानून व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएको लगायतका गुनासो गरेका थिए।

    त्यसपछी आयुक्त थापाले रबिको अड्डासारको विषयसँगै अन्य कैदिबन्दीको मानव अधिकार र न्युनतम आवश्यकताको ख्याल नगरिएको पाइएको बताउनुभएको थियो।

    त्यसपछी आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै सुझाव पनि दिएको थियो भने सरकारले पनि आवश्यक प्रवन्ध मिलाएर यतिबेला सरकारले रविको मागअनुसार नै नख्खु कारागारमा अड्डासार गरेको हो। यसबिचमा अदालतले अनुमति दिएको दुईमहिना बढिसमयसम्म सरकारले अड्डासारमा विलम्ब गर्दा रास्वपाले भने पटकपटक सडकदेखी सदनसम्मै सरकारको जवाफ माग गर्दै खबरदारी गर्दै आएको थियो।

    सदनमा लामो समयदेखी आन्दोलित नै रहेको रास्वपाका सांसदहरुले हरेकदिनजसो सदन र संसदिय समितिमार्फत सरकार र गृहमन्त्रीको ध्याकर्षण पनि गर्दै आएका थिए। सदनमा सरकारले आवाज नसुनेको भन्दै केहीदिन अघि गृहमन्त्री रमेश लेखक सहभागी संसदिय समितिको बैठकमा रास्वपा सांसद सोबिता गौतमले अदालतले नै निर्देशन दिईसक्दा पनि दुई साढे दुई महिनासम्म सभापति लामिछानेको अड्डासार नभएको भन्दै जवाफ माग्नुभएको थियो।

    त्यसलगत्तै गृहमन्त्री लेखकले लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीहरूले पाउने न्यूनतम सुविधाबाट बञ्चित नगरिएको दाबी गर्दै छुट्टै कोठामा राखिएको र कारागार प्रशासनले पनि पटकपटक समस्या छ कि छैन भनेर सोध्ने गरेको बताउनुभएको थियो।

    सरकारले सुरक्षालाई मध्यनजर गर्दै कैदीबन्दीलाई कारागारबाट अर्को कारागारमा सार्ने काम सहमति अनुसार अघि बढाइरहेको भन्दै उहाँले कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको बताउनुभएको थियो। त्यतिबेलै छिट्टै अड्डासार हुने उहाँको संकेत पनि थियो।

    सोही अनुसार १२६ दिन भैरहवा बसेका लामिछाने आज नख्खु कारागारमा अड्डासार भएका छन्। गौतमबुद्ध विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत त्रिभुवन विमानस्थलमा ल्याइएका उनलाई प्रहरीले सिधै नख्खु कारागार लगेको छ।

    रुपन्देही कारागारबाट निस्कीने बेलामा आँफु बसेको भित्तामा ‘अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।’ भन्ने वाक्यांश लेखेर निस्कीएको लामिछानेले नै बताएका रास्वपाले जनाएको छ भने रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि रास्वपाले जनाएको छ।

    लामिछाने काठमाडौं, रुपन्देही, पोखरा, चितवन र पर्सा गरी पाँच जिल्लाका विभिन्न सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानमा तानिएपछी रास्वपाले भने यसलाई राजनैतिक प्रतिशोधको संज्ञा दिएको छ। भने अहिले उक्त प्रतिशोध विरुद्ध भन्दै देश तथा विदेशमा रविको न्यायका लागी भन्दै हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ।

    उक्त अभियानप्रति र आज पुनः रविले लेखे बोलेको भनिएको कुरालाई पनि अन्य दल तथा व्यक्तिहरुले भने स्टन्टको संज्ञा दिएका छन्। मुलतः सहकारीको रकम अपचलन हुँदा लाखौं सर्वसाधरण पिडित बनेका छन् भने अन्यायमा परेका छन्। अर्कातिर अन्य दलहरुप्रति बढेको वितृष्णाको मौका छोपेर आशाको भ्रम छर्दै राजनीतिमा उदाएका स्वयं लामिछाने नै अनेक विवादको घेरामा तानिँदा सिंगो रास्वपा र सुभेच्छुकहरुमाथी पनि अन्यौलको वातावरण बनेको छ।

    तसर्थ अव रास्वपा पंक्ति र स्वयं लामिछानेले पनि सस्तो लोकप्रियताको पछि नलागी जतिसक्दो छिटो आँफुमाथीको अनुसन्धान सकेर सहकारी पिडितलाई न्याय दिलाउने र आँफुले पनि क्लिन चिट पाउने वातावरण बनाउनेतर्फ सरकारको खबरदारी गर्नेगरी लाग्न जरुरी देखिन्छ।


    शनिवार, श्रावण ३१ २०८२०७:५६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij