Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तीन दिनपछि बढ्यो सेयर बजार

तीन दिनपछि बढ्यो सेयर बजार

  • बिहिवार, श्रावण २९ २०८२

  • 1.1K
    SHARES

  • तीन दिनपछि बढ्यो सेयर बजार

    काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार २.६२ अंक बढेको छ । लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएको छ । कारोबारका क्रममा बजारले दुई पटकसम्म २८ सय अंक नाघे पनि १:४० बजेपछि केही घट्न गयो ।

    बजारको अंकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । १०८ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो । अन्य समूह १ प्रतिशतभन्दा धेरै बढ्यो भने अरु सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

    बैंकिङ ०.५५, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२०, जीवन बीमा ०.०५, माइक्रोफाइनान्स ०.१२ र निर्जीवन बीमा ०.२२ प्रतिशत घटे । विकास बैंक ०.१६, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.५७, अन्य १.८० र व्यापार ०.९७ प्रतिशत बढे ।

    नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ५.५६, राधि विद्युतको ४.४३ तथा अपर स्याङ्गे हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढ्यो ।

    नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशत घट्यो । सिटी होटलको ३.१६ तथा नेपाल एसबीआई बैंकको २.८० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा क्रमशः अगाडि रहे ।


    बिहिवार, श्रावण २९ २०८२०४:४२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij