Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपामा फेरी पनि फुटको बीजारोपण, अध्यक्ष लिङ्देन सहभागी कार्यक्रममै झडप, भातृसंस्था राप्रयूसंघ काठमाडौंमा समानान्तर कमिटी (खासखबर)

राप्रपामा फेरी पनि फुटको बीजारोपण, अध्यक्ष लिङ्देन सहभागी कार्यक्रममै झडप, भातृसंस्था राप्रयूसंघ काठमाडौंमा समानान्तर कमिटी (खासखबर)

  • बुधवार, श्रावण २८ २०८२

  • 548
    SHARES

  • राप्रपामा फेरी पनि फुटको बीजारोपण, अध्यक्ष लिङ्देन सहभागी कार्यक्रममै झडप, भातृसंस्था राप्रयूसंघ काठमाडौंमा समानान्तर कमिटी (खासखबर)

    काठमाडौं। विगतमा पटकपटक टुट र फुटबाट गुज्रिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पुनः फुटको संघारमा पुगेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमसेर राणाविचको मतभेद गुटमा परिणत भएपछी उत्पन्न आन्तरीक द्वन्दले पार्टी नै फुटको डिलमा पुगेको हो।

    पछिल्लो केही महिनादेखी पार्टीभित्र चर्किरहेको आन्तरीक द्वन्दकै क्रममा अध्यक्ष लिङदेनले महामन्त्री जबरानिकट समुहका नेताहरु नवराज सुवेदी, सगुनसुन्दर लावती लगायतलाई कारबाही गरेपछी उत्कर्षमा पुगेको विवाद आज भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनका क्रममा विवाद भएपछी फुटको बिजारोपण नै भएको छ।

    अधिवेशनको सुरुमै उद्घाटनसमेत नभई कोलाहल र नाराबाजी भएपछी अधिवेशन अघी बढ्न सकेन तरपनि महामन्त्री जबरा पक्षधर युवाहरूले काठमाडौंमा समानान्तर समिति गठन गरेपछी फुटको विजारोपण भएको हो। सुरुमा राणा पक्षका युवा ज्योति लामाले बोलिरहेका बेला कार्यक्रम स्थल आइपुगेका अध्यक्ष लिङदेनले लामालाई अधिवेशन औपचारिकरुपमा सुरु नभएको भन्दै बन्द सत्रमा आफ्नो कुरा राख्न सुझाव दिनु भएको थियो।

    यहीक्रममा अकस्मात दुईपक्षबीच झडपकै अवस्था आएको थियो। झडपपश्चात उत्पन्न विवाद र नाराबाजी उत्कर्षमा पुगेपछी अध्यक्ष लिङदेनले अधिवेशन स्थगनको घोषणा गर्नुभयो। लिङदेनले अधिवेशन स्थगीतको घोषणा गर्दैगर्दा लिङ्देन विरुद्ध नै नाराबाजी भएको थियो।

    लिङदेन हिँडेपछि असन्तुष्ट पक्षले समानान्तर समिति घोषणा गरेको छ। समिति घोषणा पछी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ। महामन्त्री राणा निकट युवा नेता ज्योति लामाले आफूलाई स्वतः अध्यक्ष निर्वाचित भएको घोषणा गर्दै अन्य २५ जना सदस्यहरूको पनि नाम घोषणा गर्नुभएको हो।

    यसरी अध्यक्ष लिङ्देन नै सहभागी भएर स्थगित गरेको अधिवेशनबाट समानान्तर कमिटि घोषणा गरेपछी संस्थापन पक्षले भने उक्त समुहलाई कारबाहीका लागी सिफारिस गरिसकेकोे छ। यसले राप्रपा भित्रको विवाद थप उत्कर्षमा पुग्ने निश्चीत भएको छ।

    अधिवेशन उद्याटन नै नभै विवाद भएपछी कार्यक्रम नै स्थगित गरेर बाहिरिनुभएका अध्यक्ष लिङ्देनले अधिवेशनमा आयातित व्यक्तिहरूबाट घुसपैठ भएको दाबी गर्दै यसको छानबिन हुने र कानुनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ।

    यसअघी आन्तरित विवाद उत्कर्षमा पुगेका बखत अध्यक्ष लिङदेनले नेताहरुलाई कारबाही गरेपछी असन्तुष्ट पक्ष निर्वाचन आयोग नै पुगेको थियो। आयोगले उक्त समुहले दिएको निवेदनका आधारमा मागेको जवाफ राप्रपाले पनि बुझाईसकेको छ भने आयोगबाट बाँकी प्रक्रिया र छिनोफानो आउन बाँकी छ।

    त्यसयता पार्टी विभाजनतर्फ नै उन्मुख देखिएको छ। तरपनि अध्यक्ष लिङ्देन र महामन्त्री राणले भने पार्टी फुट्न नदिने दाबी भने गर्दै आएका छन्। केहीदिन अगाडी महामन्त्री राणाले पार्टीभित्र आफूहरुकोे फरक मत पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधान विपरीत भएको कार्यलाई सच्याउनका लागी भएको बताउनुभएको थियो।

    मतभेदलाई आन्तरिक रुपमा सल्ट्याउन नसक्दा आफूहरु निर्वाचन आयोगसम्म पुगेको र आयोगले पार्टीलाई विभाजनतिर नभै पार्टी नेतृत्वले विधान विपरीत गरेका कारबाही, पदमुक्तिहरुलाई पुनरबहाली गर्ने दाबी गर्नुभएको थियो।

    सोहीक्रममा अध्यक्ष लिङ्देनले पनि राप्रपा विभाजन नहुने र विभाजन गर्ने तागत पनि कसैसँग नरहेको दाबी गर्नुभएको थियो। विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै उहाँले अब त्यो सम्भावना नरहेको जिकिर उहाँको थियो।

    राप्रपामा लामो समयदेखि चित्त नबुझ्ने बित्तिकै अर्को पार्टी खोलिहाल्ने, फुटाइहाल्ने प्रवृति रहेपनि अहिले नरहेको र त्यो प्रवृत्तिको अवशेष देखिने कोशिस गरेपनि अब सम्भव नरहेको बताउनुभयो। लिङ्देनले पार्टीभित्र देखिएका समस्या पनि बसेर समाधान गर्ने, चित्त नबुझेका विषयहरू पार्टीका समितिमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्ष सबैले मिलेर जानुपर्ने बताउनुभएको थियो।

    विस्तारै आफ्नै विचार र सिद्धान्तबाट विचलित हुँदै गैरहेको राप्रपा यसअघी पनि पटकपटक टुट र फुटबाट गुज्रिँदै आएको थियो। तर पछिल्लो महाधीवेशनपछी एकजुट रहँदा मुलुकको पाँचौ ठुलो दल बन्न सफल भएपनि पुनः आफ्नो एजेन्डाविपरित पदिय लोलुपता, सत्तास्वार्थ र गुटगत प्रवृत्तिमा भुल्दा फेरी फुट र विभाजनको बाटोमा देखिन्छ।

    आन्तरीक मतभेदकै कारणले राजसँस्था र हिन्दुराज्य स्थापनाको एजेण्डा लिएर हिँडेको यो पार्टी यसअघी पूर्वराजा ज्ञानेन्द्र शाहको अनुमतिमा राप्रपाकै नेता नवराज सुवेदी नेतृत्वमा गठित राजसंस्था पुनस्थापनाका लागी संयुक्त जनआन्दोलन समितिको गतिविधी पनि बिचमै तुहिएको थियो।

    जसले राप्रपाको एजेण्डा र सिद्धान्तमै प्रश्न खडा गरेको छ। त्यसबाट पनि पाठ नसिकेर फेरी विभाजनको लय पछ्याउँदै जाँदा यसबाट थप नोक्सानी स्वयं राप्रपालाई नै हुने प्रस्ट छ।

    यसअर्थमा हेर्दा राप्रपा अब फेरी टुटफुटमा परिणत भयो भने न आफ्ना एजेण्डा स्थापित गर्न सक्छ न मुलुकमा प्रभावशाली दल नै कायम रहन सक्छ। तसर्थ राप्रपा यसतर्फ सचेत रहन जरुरी छ।।


    बुधवार, श्रावण २८ २०८२०८:१७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij