Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘ओलीले प्रस्ताव पेश गर्नुभयो मैले हेर्नै पाएको छैन’ : प्रवक्ता श्रेष्ठ

‘ओलीले प्रस्ताव पेश गर्नुभयो मैले हेर्नै पाएको छैन’ : प्रवक्ता श्रेष्ठ

  • शनिवार, मंसिर १३ २०७७

  • 690
    SHARES

  • ‘ओलीले प्रस्ताव पेश गर्नुभयो मैले हेर्नै पाएको छैन’ : प्रवक्ता श्रेष्ठ

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बैठकमा सहभागि सबै नेताले पार्टी एकताको रक्षामा जोड दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव पेश गर्नुभयो मैले हेर्नै पाएको छैन ।’

    यही मंसिर १८ गते स्थायी समितिको र २५ गते बस्ने केन्द्रीय समितिको बैठकबाट पार्टी विवादको निष्कर्ष निकाल्ने उहाँको भनाइ छ ।

    आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलील दिने कार्यसूची रहेको थियो ।

    यसअघि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको बताएका छन् ।


    शनिवार, मंसिर १३ २०७७०३:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij