Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतदान जारी

उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतदान जारी

  • शनिवार, मंसिर १३ २०७७

  • 1.0K
    SHARES

  • उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतदान जारी

    नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिबार विहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

    महासंघको चुनाबका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुँदैछ ।

    कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ। महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। ।

    कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। । निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।। महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन्।

    यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्। जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। ।

    यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्।


    शनिवार, मंसिर १३ २०७७०९:१५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij