Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ऊर्जा मन्त्री दीपक खड्काको स्पष्टिकरण “लोडसेडिङ भएको होइन, केही समूहले नियोजित रूपमा हल्ला फैलाए”

ऊर्जा मन्त्री दीपक खड्काको स्पष्टिकरण “लोडसेडिङ भएको होइन, केही समूहले नियोजित रूपमा हल्ला फैलाए”

  • सोमवार, श्रावण १२ २०८२

  • 449
    SHARES

  • ऊर्जा मन्त्री दीपक खड्काको स्पष्टिकरण “लोडसेडिङ भएको होइन, केही समूहले नियोजित रूपमा हल्ला फैलाए”

    काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले देशमा लोडसेडिङ नभएको स्पष्ट गर्दै त्यसबारे फैलिएको हल्ला नियोजित रूपमा केही समूहबाट सञ्चालित रहेको दाबी गर्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खड्काले यो हल्ला तथ्यविहीन भएको दावी गर्नु भएको हो ।

    “लोडसेडिङ भएको छैन, अहिले त विजुली बढी भएको छ, बेचिएको छ,” मन्त्री खड्काले स्पष्ट पार्नु भयो, “कम हुँदा पो लोडसेडिङ हुने हो, तर अहिले त्यस्तो अवस्था छैन। त्यसैले भ्रममा नपर्न सबैमा आग्रह गर्दछु।”

    उहाँका अनुसार निर्माण कार्य भइरहेका बेला वा हावा हुरी र बर्षाका कारण तार तथा पोलमा क्षति भएका बेला अस्थायी रुपमा मात्रै केही ठाउँमा कहिले कहिले वजुली नआएको हुन सक्छ, जुन लोडसेडिङसँग सरोकार राख्दैन।

    मन्त्री खड्काले लोडसेडिङ भएको भन्दै प्रचार गर्नेहरूबारे संकेत गर्दै भन्नुभयो, “एउटा समूह छ, लोडसेडिङ भएको भन्न पाउने भए खुसी हुने। त्यही समूहले गलत हल्ला फैलाएको हो।” उहाँले यस्ता नियोजित प्रयासहरूप्रति सरकार सचेत रहेको पनि बताउनु भयो।

    मन्त्री खड्काले सिंचाइ योजनाहरूको प्रगति सन्दर्भमा भन्नुभयो, “सिंचाइका क्षेत्रमा बनाइएको योजना मध्ये ९९ प्रतिशत काम सम्पन्न भइसकेका छन्।” मधेशमा देखिएको सिंचाई र खडेरीको समस्यालाई उहाँले जलवायु परिवर्तनको असरको रुपमा व्याख्या गर्नुभयो । “खडेरी परेको मुख्य कारण जलवायु परिवर्तन हो, यो देशभित्रको मात्रै कारण होईन, यो संसार भरीको समस्या हो,” उहाँले भन्नुभयो।

    स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काँग्रेसको संसदीय दलको नेता परिवर्तन गर्न लागिएको भन्दै गरेको दावीलाई उहाँले खण्डन गर्नुभयो । काँग्रेसका सांसदको हस्ताक्षर उहाँले देखाउनु भएको हो भने त्यो किर्ते हो, त्यस्तालाई कारवाही हुनुपर्छ, मन्त्री खड्काले भन्नुभयो ।
    मन्त्री खड्काले नेपाली कांग्रेसमा चलिरहेको नेतृत्व परिवर्तनको चर्चा निराधार भएको दावी गर्नुभयो। “संसदीय दलमा नेतापरिवर्तनको संभावना छैन, त्यो वेकारको चलखेल मात्रै हो,” मन्त्री खड्काको भनाइ थियो।


    सोमवार, श्रावण १२ २०८२०७:१८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij