Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्डको प्रतिवेदनविरुद्ध ओलीको जवाफ: आरोप लगाउनेहरुलाई नै आरोप फर्काउने

प्रचण्डको प्रतिवेदनविरुद्ध ओलीको जवाफ: आरोप लगाउनेहरुलाई नै आरोप फर्काउने

  • शनिवार, मंसिर १३ २०७७

  • 1.0K
    SHARES

  • प्रचण्डको प्रतिवेदनविरुद्ध ओलीको जवाफ: आरोप लगाउनेहरुलाई नै आरोप फर्काउने

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोसचिवालय बैठकमा पेस गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने अर्को राजनीतिक प्रतिवेदन तयार भएको छ ।

    विगतमा दुवै अध्यक्षले संयुक्त रुपमा प्रतिवेदन पेश गरेपनि अहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै प्रतिवेदन पेस गर्दै ओलीविरुद्ध अनेक आरोप लगाएकाले ओलीले जवाफी प्रतिवेदन पेस गर्न लाग्नु भएको हो ।

    ओलीले प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएका आरोपहरुको खण्डन गर्दै अर्का अध्यक्ष दाहालसहित उहाँको पक्षमा रहेका नेताहरुमाथी नै आरोपहरु लगाउनु भएको श्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओली निकट एक नेताले भन्नुभयो, “अध्यक्ष तथा प्रधानमन्त्री ओलीको जवाफमा आफु माथी लगाइएको आरोपहरुको सशक्त खण्डन गर्दै आरोप लगाउनेहरु माथी नै आरोप लगाइएको छ ।”झुक्ने, माफी माग्ने र गल्ती महसुस गर्नु पर्ने कुनै कुरा नरहेकाले प्रतिवेदन पुरै आक्रामक र प्रतिवादन गर्नेगरी तयारी भएको उहाँले बताउनुभयो ।

    कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई ओलीले आरोपपत्रको संज्ञा दिनु भएको छ । राजनीतिक आरोपबारे सामना गर्न प्रधानमन्त्री तयार रहेको र सवै आरोपहरुको पर्याप्त खण्डन हुनेगरी प्रधानमन्त्रीको प्रतिवेदन तयार भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    गत कात्तिक २८ गते बसेको नेकपाको सचिवालको बैठकमा प्रस्तुत प्रस्तावका विरुद्धमा आज पनि सचिवालयमै उहाँले समानान्तर जवाफी प्रस्ताव पेस गर्न लाग्नु भएको हो । पूर्वनिर्धारित तालिका अनुसार दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बस्ने भएको छ ।

    अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गर्नु भएको थियो ।

    प्रचण्डले पेस गरेको विवादित प्रतिवेदन प्रकाशित गरेर कार्यकर्ताहरुलाई वितरण गरिएपछि पार्टी भित्र थप विवाद चर्किएको छ ।


    शनिवार, मंसिर १३ २०७७०८:११:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij