Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य र कृषिमन्त्रीद्वारा एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक, स्वास्थ्यतर्फ सीमित स्रोतसाधनका बीच पनि उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी (खास खबर)

स्वास्थ्य र कृषिमन्त्रीद्वारा एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक, स्वास्थ्यतर्फ सीमित स्रोतसाधनका बीच पनि उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी (खास खबर)

  • सोमवार, श्रावण ५ २०८२

  • 1.4K
    SHARES

  • स्वास्थ्य र कृषिमन्त्रीद्वारा एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक, स्वास्थ्यतर्फ सीमित स्रोतसाधनका बीच पनि उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी (खास खबर)

    काठमाडौं । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले एक बर्ष पुरा गरिसकेको छ । एक बर्ष पुरा भएको अवसरमा विभिन्न मन्त्रालयले आ आफ्नो कार्यविवरण सार्वजनिक गरेका छन् । केहि मन्त्रालयले उल्लेखनीय कार्य गरेका छन् भने केहि मन्त्रालयले प्रगति गर्न सकेका छैनन् ।

    यसैक्रममा, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले एक वर्षमा भएका प्रमुख उपलब्धिहरू आज सार्वजनिक गर्नुभएको छ । एक वर्ष पूरा गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले पत्रकार सम्मेलन मार्फत विगत एक वर्षभित्रका उपलब्धिहरू र आगामी योजनाहरू सार्वजनिक गर्नुभयो ।

    मन्त्री पौडेलका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक वर्ष २०८१÷०८२ का नीति तथा कार्यक्रम तथा बजेट पहिल्यै तय भइसकेको हुँदा नयाँ योजनाहरू ल्याउने अवसर सीमित थियो । तथापि, विनियोजित बजेट भित्र रहेर पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, दीर्घकालीन सुधारको मार्गचित्र कोर्ने र नागरिकलाई लक्षित सेवा प्रवाहमा केन्द्रित हुने उद्देश्यसहित मन्त्रालयले कार्य अघि बढाएको उल्लेख गर्नुभएको छ ।

    मन्त्रालयले गत २०८१ सालको श्रावण २७ गते सार्वजनिक गरेको विस्तृत कार्ययोजनाका आधारमा प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेको थियो । बजेटको सीमितताका बाबजुद विभिन्न दातृ निकाय र विकास साझेदारसँग समन्वय गरी अतिरिक्त स्रोत जुटाउन सफल भएको मन्त्रालयले जनाएको छ।

    गत वर्ष थालिएका कतिपय योजनाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको मन्त्री पौंडेलको दाबी छ । स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, औषधि आपूर्ति प्रणालीमा सुधार, मातृ तथा शिशु स्वास्थ्यमा लक्षित कार्यक्रम, दूरदराजका बासिन्दाका लागि मोबाइल स्वास्थ्य सेवा, र प्रविधिमार्फत सेवा पहुँच विस्तारका केही मुख्य पहलहरू रहेका छन् ।

    मन्त्री पौडेलका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विनियोजित बजेट भित्र रहेर पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, दीर्घकालीन सुधारको मार्गचित्र कोर्ने र नागरिकलाई लक्षित सेवा प्रवाहमा केन्द्रित हुने उद्देश्यसहित मन्त्रालयले कार्य अघि बढाएको जनाइएको छ ।

    आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि मन्त्रालयले ती दीर्घकालीन सोच भएका योजनाहरूलाई निरन्तरता दिने र स्वास्थ्य तथा जनसंख्यामा सन्तुलन ल्याउने दीर्घकालीन दृष्टिकोणमा आधारित नयाँ कार्यक्रमहरू समेत अगाडि बढाउने मन्त्री पौडेलको दाबी छ । आधारभूत अस्पताल सञ्चालन, डेङ्गी सङ्क्रमण नियन्त्रण, एचपीभी खोप अभियान, विपद् व्यवस्थापन, आपतकालीन तयारी, कर्मचारी समायोजनलगायत मुद्दामा तीन तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको मन्त्री पौंडेलको दाबी छ ।

    यता,कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको बताउनुहुन्छ ।

    आज आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको बताउनुभयो । उहाँले कृषि उत्पादन, उत्पादकत्व, बजारीकरण र जीवनस्तर सुधारलाई प्राथमिकता दिँदै काम गरिएको बताउनुभयो । मन्त्री अधिकारीले विगत सात वर्षदेखि लम्बिँदै आएको कृषि सेवातर्फका कर्मचारीको समायोजनलाई सम्बोधन गर्दै १ सय २९ नयाँ दरबन्दी थप गरी संगठन सुदृढ गरिएको जानकारी दिनुभयो।

    कृषि मन्त्री अधिकारीले २०८१ असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कृषिमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । मन्त्री अधिकारीले आफूले सोचेजस्तै सबै काम सम्पन्न गर्न नसके पनि मुलुकको समग्र कृषि क्षेत्रको सुधार, आधुनिकीकरण र किसानको हितका पक्षमा नीतिगत निर्णय र कार्यान्वयनको प्रक्रिया अघि बढाएको स्पष्ट पार्नुभएको छ ।

    लामो समयदेखि समस्याको रूपमा रहेको रासायनिक मलको वितरण प्रणाली सुधार गर्न मल खरिदसम्बन्धी नियमावली र वितरण कार्यविधि संशोधन गरिएको उहाँको भनाई छ । अनुदानमा वितरण गरिने मल पारदर्शी बनाउन ‘मल व्यवस्थापन सूचना प्रणाली’ विकास गरी कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ ।

    यता, किसानलाई चाहिएको समयमा पर्याप्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने बिषयमा कृषि मन्त्री अधिकारी पनि चुक्नुभएको छ । देशभर करिब ८ देखि १० लाख मेट्रिक टन रासायनिक मलको माग रहेको अवस्थामा सरकारले ५ लाख मेट्रिक टनको लागि मात्रै बजेट बिनियोजन गरेका कारण आफुले चाहेर पनि रासायनिक मल उपलब्धता सम्बन्धि समस्या समाधान गर्न नसकेको मन्त्री अधिकारीको भनाई छ ।


    सोमवार, श्रावण ५ २०८२०८:०५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij