Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images
राजावादीहरुको चलखेल

व्यवस्था परिवर्तन भएपनि प्रवृत्ति उही रहनुको परिणाम !

व्यवस्था परिवर्तन भएपनि प्रवृत्ति उही रहनुको परिणाम !

  • डाकमान राई
  • शुक्रवार, मंसिर १२ २०७७

  • 1.2K
    SHARES

  • व्यवस्था परिवर्तन भएपनि प्रवृत्ति उही रहनुको परिणाम !

    काठमाडौं । पछिल्लो समय देशका विभिन्न ठाउँमा राजसंस्था पुर्नवहालीको माग गर्दै प्रर्दशन गर्ने क्रम बढ्दै गएको छ । विषेश गरी तराई–मधेसका जिल्लामा राजसंस्थाको पक्षमा प्रदर्शन र नारा–जुलुस क्रमशः बढ्दै गएको देखिन्छ । पछिल्लो पटक जनकपुरमा गणतन्त्रको विपक्ष र राजसंस्थाको पक्षमा जुलुस निस्किने क्रम बढेको छ । दसैंपछि मात्रै जनकपुरमा राजसंस्थाको पक्षमा चारपटक जुलुस निस्किएको छ ।

    पछिल्लो समय प्रदेश २ का धनुषा, सिराहा, सप्तरी, रौतहट, पर्सा लगायतका जिल्लामा राजावादी शक्तिको प्रर्दशन बाक्लिएको छ भने प्रदेश एकको विराटनगरमा पनि राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रर्दशन भएकोे छ ।

    उता, लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको पोखरामा समेत राजाको पक्षमा पछिल्लो पटक मोटरसाइकल ¥याली निकालिएको थियो ।
    अहिले लोकतान्त्रिक शक्तिले मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वातन्त्रता र राष्ट्रिय एकता जोगाउन नसकेको भन्दै राज्यको अभिभावकीय भूमिकामा राजा चाहिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजाराम श्रेष्ठ बताउनुहुन्छ ।

    पार्टीको राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्ने संस्थाको अभावमा अहिलेको राष्ट्रिय राजनीति थिलथिलो भएको भन्दै नेपाललाई समृद्ध र सदाको लागि स्वाधीन बनाउन राजसंस्थाको आवश्क्ता रहेको नेता श्रेष्ठ औंल्याउनुहुन्छ ।

    सत्तारुढ दलका कतिपय सांसदहरुले भने राजसंस्थाको पक्षमा खुलामखुला भइरहेको नारा–जुलुस र प्रदर्शनप्रति राज्य गम्भीर बन्नुपर्ने बताउँछन् । सरकारको गलत कामको जागरुक युवाहरुले प्रदर्शन गर्दा दमन गर्ने सरकारले राजावादीहरुको ठूला–ठूला जुलुस र सभाहरु भइरहँदा भने सरकार मुकदर्शक बनेको सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीको भनाइ छ ।

    अहिले संसदमा प्रमुख विपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसले राजावादीहरुको यो चलखेलबाट सजक बन्नुपर्नेमा जोड दिएको छ । राजसंस्थाको पक्षमा शक्ति प्रदर्शन हुनु व्यवस्था परिवर्तन भएपनि प्रवृत्ति उही रहनुको परिणाम भएको कांग्रेसका नेता धनराज गुरुङ बताउनुहुन्छ ।

    नेता गुरुङले यी नारा–जुलुस र प्रदर्शनले फेरि एक पटक लोतन्त्रवादीहरुलाई सजग र सचेत तुल्याएको बताउनुभयो । सरकारले भने लोकतन्त्र उद्धारवादी व्यवस्था भएकोले यसले लोकतन्त्र विरोधीहरुलाई पनि ठाउँ दिने बताउँछ । लोकतन्त्रमा बोल्न पाइन्छ भन्दैमा लोकतन्त्रलाई नै उल्टाउन पाइन्छ भन्ने भ्रम भने नपाल्न राजावादीहरुलाई सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको चेतावनी छ ।

    राजतन्त्र असफल भएर नै जनताले यसको विकल्प खोजेको मन्त्री ज्ञवालीले बताउनुभयो । अहिले गणतन्त्र हुर्कँदो अवस्था रहेको र केही कमिकमजोरी भएको स्वीकार गर्दै उहाँले त्यसैलाई आधार बनाएर इतिहासको गतिलाई उल्टो फर्काउँछु भन्न खोज्नु मुर्खता मात्र भएको बताउनुभयो ।

    लोकतान्त्रिक शक्तिभित्र विवाद बढ्दा त्यसको प्रतिछाँया देखा परेको कारण सबै लोकतान्त्रिक पक्षधरहरु गम्भीर हुन जरुरी रहेकोमा मन्त्री ज्ञवालीको जोड छ ।


    शुक्रवार, मंसिर १२ २०७७०८:११:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij