Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विद्या भण्डारीको सक्रियताले ओलीसँगै एमालेमा छटपछी, विधान महाधीवेशनबाटै ठेगान लगाउने राणनीति, ओलीको तिकडमले पार्टी बैठकमै तरङ्ग(खासखबर)

विद्या भण्डारीको सक्रियताले ओलीसँगै एमालेमा छटपछी, विधान महाधीवेशनबाटै ठेगान लगाउने राणनीति, ओलीको तिकडमले पार्टी बैठकमै तरङ्ग(खासखबर)

  • शुक्रवार, श्रावण २ २०८२

  • 844
    SHARES

  • विद्या भण्डारीको सक्रियताले ओलीसँगै एमालेमा छटपछी, विधान महाधीवेशनबाटै ठेगान लगाउने राणनीति, ओलीको तिकडमले पार्टी बैठकमै तरङ्ग(खासखबर)

    काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनितिमा फर्किएको घोषणा गरेसँगै एमालेभित्र छटपटी सुरु भएको छ।

    पूर्वराष्ट्रपतिको हैसियतमा उपभोग गर्दै आएका सबै सेवा सुविधा त्यागेर सक्रिय राजनितीमा फर्किएको घोषणा गर्नुभएकी भण्डारीले एमालेको आगामी ११औं महाधिवेशनमा अध्यक्षकै दाबी गरेपछी अध्यक्ष ओलीसँगै सिंगो एमालेवृत्तमा तरङ्ग आएको हो। सँगै रोक्न पनि अनेक तिकडम सुरु भैसकेका छन्।

    विगतमा एकअर्काको सम्बन्ध सुमधुर रहँदा अध्यक्ष ओली र भण्डारीले एकएर्काको साथ, सहयोग र कृपाले भण्डारीले दुईदुई कार्यकाल राष्ट्रपति पद र ओलीले दुई कार्यकाल पार्टी अध्यक्ष तथा तिनपटक प्रधानमन्त्री पद सम्हाल्न सफल बन्नुभयो। तर एकाएक सम्बन्ध चिसिँदै गएपछी अहिले भने दुईजना ३६ को आँकडामा पुगेको देखिन्छ।

    अर्कातिर विगतमा एमालेभित्र एकल बर्चस्व जमाउन नपाएपछी आँफुविरुद्ध खडा हुने र प्रश्न उठाउने माधवकुमार नेपाल, झलनाथ खनाल, भिम रावल, बामदेव गौतम लगायतलाई पार्टीबाटै ठेगान लगाएर एकल हैकमवाद मच्चाउँदै आएका ओलीलाई अहिले विगतमा मुलुकको उच्च पद राष्ट्रपतिमा आसिन रहेकै बेला आँफै विवादित हुनेगरी हात धोएर सहयोग गरेकी भण्डारी नै काउण्टर दिनेगरी खडा भएपछी नराम्रोसँग टाउको दुखेको देखिन्छ।

    गत असार १४ गते आफ्ना पति एवं एमालेका तत्कालिन महासचिव स्व.मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो।

    फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको बताउनुभएकी भण्डारीले त्यसयता विभिन्न अन्तवार्ता तथा कार्यक्रमहरुमा एमालेको भावी अध्यक्ष बन्ने गरी नै लागिरहेको बताउनने गर्नुभएको छ।

    त्यसअगाडी एमालेमा आफ्नो जिम्मेवारी के रहने भन्ने बारे केन्द्रीय कमिटीले निर्णय गर्ने उहाँको प्रतिक्रिया छ।आँफु एमालेमा सक्रिय भइसकेको भन्दै उहाँले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएकोले आफूलाई कुन जिम्मेवारी दिने कसरी दिने भन्नेबारेमा पनि कमिटीको बैठकले नै तय गर्ने भण्डारीको भनाई थियो।

    भण्डारीको यो भनाई र सक्रियताले पार्टीभित्र ठुलो हलचल र तरङ्ग नै ल्याएको छ। भण्डारीले अध्यक्षकै दाबी सहित पार्टी राजनितीमा फर्किएपछी पार्टीभित्र ओलीको हैकमवादमा पिल्सीएका नेता कार्यकर्ताको समुह उत्साहीत देखिएपनि ओलीसँगै निकट नेताहरुको अर्को समुह भने आक्रोशित छ।

    पार्टीभित्र विस्तारै भण्डारीको पक्षमा जनमत पनि बढ्दै गएपछी टाउको दुखेर छटपटिनुभएका अध्यक्ष ओली यतिबेला भण्डारीलाई रोक्न अनेकन तिकडम अपनाउन लागेको देखिन्छ।

    सोही प्रयास स्वरुप ओलीले अघिल्लोपटक आँफुविरुद्धका नेता कार्यकर्तालाई रोक्न र ठेगान लगाउन विधान नै परिमार्जन गरेर कायम गरिएको अध्यक्षमा दुई कार्यकाल मात्रै, ७० वर्षे उमेरहद लगायतका प्रावधान अहिले फेरी हटाउने गरी लागेको देखिन्छ।

    भने विद्यालाई नै रोक्न दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव हिजो बसेको सचिवालय बैठकले पारित गरिएको छ।

    बैठकले १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्ने, वरिष्ठ उपाध्यक्ष पदै हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव–१,उपाध्यक्ष–५ र सचिव–७ जना,७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाउने प्रस्ताव भएको पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयो । केन्द्रिय कमिटि बैठकमा पनि भण्डारीको सक्रियताले राम्रै प्रवेश पाएको ज्ञवालीको संकेत छ।

    हिजोको बैठकको निर्णयअनुसार आज पोलिटब्युरो बैठकमा उक्त विधान संशोधन प्रस्ताव पनि पेश भएको छ। अध्यक्ष ओलीले यस्तो तिकडम अपनाउन थालेपछी भण्डारीको पक्षका नेताहरु ओली प्रति आक्रोशित बन्दै गएका छन्। आजको बैठकमा भण्डारीकै विषयले अध्यक्ष ओली र नेता कर्ण थापाबिच सवालजवाफ समेत भएको छ।

    आजको बैठकमा थापाले ७० वर्षे उमेरहद र दुई कार्यकालको पूर्वव्यवस्था जालझेलपूर्ण शैलीमा हटाउन नपाइने र एउटै विधान तीन पटकसम्म छापिएको दृष्टान्त प्रस्तुत गर्दै सुरुमा बोल्न खोज्दा अध्यक्ष ओलीले रोकेपछी सवालजवाफ भएको थियो। खासगरी यी विभिन्न प्रावधान हटाउने प्रस्ताव भण्डारी निकट नेताहरुलाई चित्त बुझेको छैन।

    बरिष्ठ उपाध्यक्षसमेत रहनुभएका नेता ईश्वर पोखरेलले सुरुमा अध्यक्ष ओलीले नै पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन संविधान, पार्टी विधान केहीले नरोक्ने भन्दै पार्टी सदस्यता आफैले नविकरण गरिदिएको र अहिले आएर जालझेल गर्न खोजेको आरोप लगाउनुहुन्छ।

    आफ्नै परामर्शमा सदस्यता नविकरण गरेकी भण्डारी अहिले आँफैलाई भारी भएपछी ओलीलाई भारि पर्नुभएको छ। जसकारण ओलीले अहिले विभिन्न सार्वजनिक कार्यक्रमसँगै विभिन्न अन्तर्वार्तामा पनि भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नैपर्ने अवस्था आएको बताउँदै आउनु भएको छ।

    भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे आँफुसँग कुनै सल्लाह नगरेको दाबी गर्दै अध्यक्ष ओलीले समय आएपछी पार्टीले उचित निर्णय लिने बताउनुभएको छ। भने भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने स्पष्ट पनि पार्नुभएको छ। हिजोको सचिवालय बैठकमा र आजको पोलिट ब्युरो बैठकमा पनि ओलीले सोही कुरा बताएको बुझिन्छ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्षले ओलीले देशको राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने कुरा गम्भीर भएकाले उचित समयमा निर्णय लिने जानकारी ओलीले बैठकलाई गराएको बताउनुभयो।

    यतिबेला भण्डारीमाथी एक त मुलुकको सर्वोच्च पद राष्ट्रपति सम्हालिसकेको व्यक्ति फेरी किन एमाले राजनीतिमा फर्किनु भयो भन्ने चौतर्फी चासो छ भने अर्कोतिर अध्यक्ष ओलीकै साथ सहयोगले राष्ट्रपति बनेको व्यक्ति फेरी किन ओलीकै काउण्टरमा उत्रिनुभयो भन्ने अर्को प्रश्न पनि साथमै उब्जीएको छ।

    विगतमा ओलीले संसद विघटन जस्तो कु गरेर संविधान नै च्यात्दा पनि सदर गरेर आँफैमाथी गम्भिर प्रश्न खडा गरी ओलीलाई नै साथ दिएकी भण्डारीले अहिले काउण्टर दिने गरी राजनीतिमा आएपछी एमाले मात्रै नभएर सिंगो राजनीति वृतमा तरङ्ग ल्याएको छ।

    उसो त यसअघी केही महिनामात्रै पहिले भण्डारी राष्ष्ट्रपति रहेका बेला उपराष्ट्रपति रहनु भएका नन्दबहादुर पुन पासाङ माओवादीको उपाध्यक्ष बनेर सक्रिय राजनिितमा फर्किएपछी भण्डारीलाई केही सहज भएको देखिन्छ। तर एमालेमा भने भण्डारीको रिटर्नले तरङ्ग ल्याएको मात्रै छैन यसले ठुलै रुप लिने देखिन्छ।

    यदि ओलीले भण्डारीसँगै वरिष्ठ उपाध्यक्ष पोखरेल लगायतका नेताहरुमा निषेधको राजनीति गर्ने योजना अगाडी बढाएको खण्डमा आसन्न विधान महाधीवेशनमै यसको ठुलो तरङ्ग बाहिर आउने छ भने महाधीवेशनसम्म पार्टी फेरी टुटफुटमा परिणत नहोला पनि भन्न सकिन्न।


    शुक्रवार, श्रावण २ २०८२०८:२१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij