Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धमाधम एकवर्षे कार्यकालको समिक्षा गर्दै मन्त्रालय, उपलब्धमिुलक बनेको मन्त्रीहरुको दाबी, सिँगो सरकारले नै औचित्य गुमाएको विपक्षीको टिप्पणी (खासखबर)

धमाधम एकवर्षे कार्यकालको समिक्षा गर्दै मन्त्रालय, उपलब्धमिुलक बनेको मन्त्रीहरुको दाबी, सिँगो सरकारले नै औचित्य गुमाएको विपक्षीको टिप्पणी (खासखबर)

  • बुधवार, आषाढ ३२ २०८२

  • 501
    SHARES

  • धमाधम एकवर्षे कार्यकालको समिक्षा गर्दै मन्त्रालय, उपलब्धमिुलक बनेको मन्त्रीहरुको दाबी, सिँगो सरकारले नै औचित्य गुमाएको विपक्षीको टिप्पणी (खासखबर)
    काठमाडौं। सरकार गठनको एकवर्ष पुरा भएसँगै मन्त्रीहरु पनि धमाधम आफ्नो एकवर्षे कार्यकालको समिक्षामा जुटेका छन्। कांग्रेस र एमालेबिचमा भएको ७ बुँदे सहमतीअनुसार गतवर्ष असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो। 
     
    सोही सरकारको मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरु यतिबेला आफ्नो एकवर्षे कार्यअवधीका उपलब्धीहरु सार्वजनिक गर्न थालेका हुन्। कांग्रेस एमालेले गतवर्ष २०८१ साल असार १७ गते मध्यरातमा राजनैतिक स्थायीत्व र संविधान संशोधन लगाएत सातबुँदे सहमती गरी आगामी २०८४को निर्वाचनसम्मै गठबन्धन लैजाने सहमती गरेका थिए।
     
    सोही अनुसार सरकारको नेतृत्व पनि आलोपालो गर्नेगरी सुरुमा अध्यक्ष ओली र त्यसपछी चुनावताका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमतीका आधारमा बर्तमान मन्त्रीमण्डल गठन भएको थियो । 
     
    सोही सहमतीका आधारमा गठित ओली नेतृत्वको सरकारले यतिबेला एकवर्षे अवधी पार गरेकोे हो। यो अवधी निकै उपलब्धीमुलक र परिणममुखी बनेको सरकारले दाबी गर्दै आएको छ।
     
    तर सत्तारुढ गठबन्धनमा सहभागी दलका नेतृत्वकर्ता तथा सरकारका मन्त्री र प्रधानमन्त्रीले यस्तो दाबी गरेपनि स्वयं काग्रेस एमालेकै नेता कार्यकर्ताहरु भने सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्ट पनि देखिन्छन्। जसकारण शिर्ष दुई पार्टी नै लगभग सोही असन्तुष्टि स्वीकार्नुपर्ने निष्कर्ष र निचोडमै पुगिसकेको देखिन्छ।  
     
    समग्रमा अहिलेसम्मको उपलब्धी हेर्दा संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर गठन भएको सरकार एकवर्षसम्म मुख्य एजेण्डामै प्रवेश गर्न नसकेपछी चौतर्फी आलोचनाको घेरामा मात्रै परेको छैन,सरकार गठनको औचित्य पुष्टि गर्न नसक्दा सरकार नै असफल बनेको विपक्षीहरुबाट टिप्पणी खान वाध्य पनि बनेको छ। 
     
    यद्यपी सरकारमा सहभागी सबै मन्त्रीहरु भने आफ्नो एकवर्षे अवधी उपलब्धीमुलक बनेको दाबी गरेका छन्। आफ्नो एकवर्षे कार्यअवधीको समिक्षा र उपलब्धी सार्वजनिक गर्दै मन्त्रीहरुले आँफुले महत्वपूर्ण काम गरेको दाबी गर्दै आ आफ्ना फेहरिस्त बताउँदै आएका छन् । 
     
    सोही क्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आफ्नो एकवर्षे कार्यकाल उपलब्धीमुलक र सन्तोषजनक रहेको दाबी गर्नुभएको छ। प्रधानमन्त्री र पार्टीको सहयोगमा आफूले सहज रूपमा काम गर्न पाएकोले एकवर्षमा महत्वपूर्ण चारवटा रणनीति तयार गरी कार्यान्वयनमा ल्याएको बताउँदै उहाँले कार्यकाल सुखद र सन्तोषजनक रहेको बताउनुभयो। 
     
    यस्तै, रक्षामन्त्री मानविर राईले पनि एकवर्षे कार्यकालको अवधीमा आँफुले महत्वपूर्ण कामहरु गर्न सफल भएको दाबी गर्दै अन्तराष्ट्रिय जगतमासमेत नेपालको प्रतिष्ठा बढाएको जिकिर गर्नुभएको छ।अपेक्षाअनुसार थुप्रै कामहरु गर्न बाँकी रहेपनि अहिलेसम्म कुनै विवादमा नपरी सहमतीकै आधारमा महत्वपूर्ण प्रयास र प्रयत्नहरु गरिएकोले नेपालसँगै अन्तराष्ट्रिय जगतमा पनि प्रतिष्ठा बढाउन सफल भएको दाबी गर्नुभयो। 
     
    यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले पनि आफुँले कार्यभार सम्हालेपछी अहिलेसम्म महत्वपूर्ण सुधारका कामहरु गरेको बताउनुभयो। आँफु मन्त्रालयको नेतृत्वमा आएकै दिनदेखी शासकिय तथा शासन पद्धतीमा के कस्ता सुधार गर्न सकिन्छ ? भनेर गम्भिरताका साथ लागेको र अहिले केही महत्पूर्ण उपलब्धीहरु पनि प्राप्त गरेको जिकिर गर्नुभयो । 
     
    तर,विपक्षी दल र नेताहरु भने सरकार तथा मन्त्रीहरुका यी दाबी मान्न तयार देखिँदैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद तथा उपमहासचिव शक्ति बस्नेतले ठुलो हुँकार र दुई तिहाईको दम्भका साथ गठन भएको सरकारले सबै क्षेत्रमा आफ्नो औचित्य नै गुमाउँदै गएको टिप्पणी गर्नुभयो। 
     
    संविधान संशोधनको एजेण्डामा बनेको सरकार अहिले उक्त उजेण्डा उठाउनै छोडेको, सुशासनका मामलामा आँफै कुशासनमा फसेको, जनउत्तरदायी र जवाफदेही बन्न नसकेको आरोप लगाउँदै उहाँले मन्त्री मात्र नभएर सिँगो सरकार नै आँफै असफल बनेको जिकिर गर्नुभयो। 
     
    संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर मुलुकका ठुला दुई दलको गठबन्धनबाट गठित सरकारले एकवर्ष बितिसक्दा समेत त्यस मामलामा कुनै कार्य प्रारम्भ गर्न नसक्नु भनेको स्वभाविक रुपमै टिप्पणीयोग्य हो। सँगै झण्डै दुईतिहाईको बलियो सरकार गठन हुँदा आम जनमानसमा जुन प्रकारको अपेक्षा थियो त्यो पनि सम्बोधन हुन सकेको देखिँदैन, यसले चरम असन्तुष्टि बढ्दै गएको देखिन्छ। 
     
    यद्यपी अपेक्षाअनुसार सबै मन्त्री तथा सरकारबाट परिणाम नआए पनि केही मन्त्रीहरुको नेतृत्वमा रहेका मन्त्रालयबाट भने सुधारका पाटाहरु पनि प्रारम्भ भएको देखिन्छ। तरपनि झण्डै दुईतिहाईको सरकारको डेलिभरी यो अत्यन्तै न्युन हो। तसर्थ यसतर्फ सरकार गम्भिर तथा जिम्मेवार बनेर परिणाम र नतिजामुखी कार्यसम्पादनमा केन्द्रित बन्न जरुरी देखिन्छ।

     


    बुधवार, आषाढ ३२ २०८२०८:२०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij