Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लार्भारहित कार्यालय बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

लार्भारहित कार्यालय बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

  • बुधवार, आषाढ ३२ २०८२

  • 668
    SHARES

  • लार्भारहित कार्यालय बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गर्नुभएको छ । आज ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लार्भा उत्पादन हुने आधारहरूलाई नष्ट गर्न सरसफाइ अभियान सुरु गर्न आग्रह गर्नुभएको हो ।

    अबका चार महिना (साउन, भदौ, असोज र कार्तिक) डेंगीको सङ्क्रमण उच्च हुने भन्दै यी ४ महिनामा कुनै पनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरू जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरू पुर्न र फालिएका टायरहरू व्यवस्थापन गर्न मन्त्री पौडेलले आग्रह गर्नुभएको हो ।

    सरकारी कार्यालयहरू जोगाउन सके दर्जनौँ मानिसहरूलाई डेंगुबाट जोगाउन सकिने बताउँदै उहाँले सरकारी कार्यालयहरू सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताउनुभयो । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रूपमा सरसफाइमा लाग्न आग्रह गर्नुभएको छ ।

    मन्त्री पौडेलले डेंगी परीक्षणका लागि शुल्क निर्धारण गर्न आवश्यक रहेको बताउँदै सकेसम्म निःशुल्क परीक्षणको प्रयत्न गर्ने र नसके निश्चित शुल्क निर्धारण गरिने बताउनुभयो । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गर्दै स्थानीय तहहरूसँग मिलेर डेंगीविरुद्ध सचेतना गर्ने उहाँको भनाई छ । मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ ।


    बुधवार, आषाढ ३२ २०८२०२:५९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij