Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महिला उद्यमीले परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाएका छन् - मन्त्री भण्डारी

महिला उद्यमीले परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाएका छन् - मन्त्री भण्डारी

  • शुक्रवार, आषाढ २७ २०८२

  • 541
    SHARES

  • महिला उद्यमीले परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाएका छन् - मन्त्री भण्डारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाउनु रहेको बताउनु भएको छ । आज अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार भएको बताउनुभयो ।

    ‘महिला उद्यमशीलताले एउटा समुदायमा रोजगारी सिर्जना गर्नु हो र अन्ततः राष्ट्रको स्वाभिमान तथा आत्मनिर्भरता मजबुत बनाउनु हो । महिला नेतृत्व र उद्यमशीलताको कुरा गर्दा केवल लैङ्गिक समानता मात्र होइन, राष्ट्र निर्माणको मुख्य संवाहकका रूपमा कुरा गरिरहेका हुन्छौँ,’ मन्त्री भण्डारीले भन्नुभयो ।

    सरकारले हाल सञ्चालनमा ल्याएका विभिन्न कार्यक्रम महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, ‘स्टार्टअप’ कार्यक्रम, शिल्पी समुदायको प्रवद्र्धनलगायतका पहलहरू रहेको उहाँको भनाई थियो । निर्यातमुखी उत्पादन रणनीति तथा जलवायु परिवर्तनजस्ता विषय उद्यमशीलता क्षेत्रका लागि अत्यन्तै सान्दर्भिक रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

    हरियो उद्यमशीलताको अवधारणा अगाडि बढाउनुपर्नेमा जोड दिदैं मन्त्री भण्डारीले जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रमा बढी पर्ने भएकाले यसको समाधानलाई अवसरमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।


    शुक्रवार, आषाढ २७ २०८२०२:५५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij