Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माधव नेपालमाथी प्रश्न उठेसँगै नेकपा एसमा हलचल, झाँक्रीको अभिव्यक्तिले नेता कार्यकर्ता तरङ्गीत, नेतृत्व अन्यौलमा (खासखबर)

माधव नेपालमाथी प्रश्न उठेसँगै नेकपा एसमा हलचल, झाँक्रीको अभिव्यक्तिले नेता कार्यकर्ता तरङ्गीत, नेतृत्व अन्यौलमा (खासखबर)

  • शुक्रवार, आषाढ २० २०८२

  • 528
    SHARES

  • माधव नेपालमाथी प्रश्न उठेसँगै नेकपा एसमा हलचल, झाँक्रीको अभिव्यक्तिले नेता कार्यकर्ता तरङ्गीत, नेतृत्व अन्यौलमा (खासखबर)

    काठमाडौं। पार्टी अध्यक्ष माधवकुमार नेपालमाथी प्रश्न उठेसँगै नेकपा एकिकृत समाजवादी पार्टीभित्र आन्तरीक रुपमा पनि हलचल मच्चीँदै गएको छ।

    पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथी अदालतमा मुद्दा दायर भएसँगै त्रसित बनेको नेकपा एसभित्र आन्तरीक रुपमा बढेको हलचल अहिले तरङ्गगीत मात्रै बनेको छैन आरोप प्रत्यारोप र असन्तुष्टिसमेत बढ्दै गएपछी नेतृत्व तह नै अन्यौलमा पुगेको छ।

    पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो महिना भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले दर्ता गरेको मुद्दाको अध्यक्ष नेपालसँग ३५ लाख धरौटी लिएर अख्तियारले अनुसन्धान अहिले जारी नै राखेको छ।

    तर अध्यक्षमाथी प्रश्न उठेपछी पार्टी पदाधीकारीहरुले नै सार्वजनिक रुपमै अध्यक्षकै विकल्प खोज्नुपर्ने तर्क गर्न थालेपछी अहिले पार्टीभित्र संकट र अन्यौल गहिँरिँदै गएको देखिन्छ।

    एमालेबाट विभाजन भएर नयाँ पार्टी नेकपा एकिकृत समाजवादी गठन गर्ने समयमा महत्वपूर्ण भुमिका खेलेकी रामकुमारी झाँक्रीले नै यतिबेला अध्यक्ष नेपालमाथी भ्रष्ट्राचार जस्तो गम्भिर आरोप लागेकोले अव कुहिएको सिनो काँधमा बोकेर हिड्न नसकिने भन्दै अर्ली महाधिवेशन जानुपर्ने विवादित अभिव्यक्ति दिएपछी अहिले पार्टीभित्र ठुलै तरङ्ग ल्याएको छ।

    स्थायी कमिटी सदस्यसमेत रहेकी नेतृ झाँक्रीले एक सार्वजनिक कार्यक्रमबाटै पार्टी र नेतृत्व माथी संकट आइपरेकोले अब विकल्प खोज्न ढिला गर्न नहुने भन्दै अर्लि महाधिवेशन मार्फत अब पार्टीको नयाँ नेतृत्व खोज्नुपर्ने र नेता कार्यकर्ताले धेरै समय कुहिएको सिनो बोकेर हिड्न नसक्ने विवादित एवं चेतावनीपूर्ण तितो अभिव्यक्ति दिनुभएको थियो।

    पूर्वमन्त्रीसमेत रहनुभएकी नेतृ झाँक्रिले यस्तो अभिव्यक्ति दिएपछी पार्टीभित्र ठुलै तरङ्ग उत्पन्न भएको छ। पार्टीको पछिल्लो सचिवालय समितिको बैठकमा झाँक्रीलाई पार्टीबाटै निष्काशित गर्नुपर्नेसम्मका आवाज उठेका छन्।

    बैठकमा सहभागी अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा बोलेकोले पार्टीबाटै निकाल्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दिएको समेत पाइन्छ। पार्टीभित्रबाट निकाल्नुपर्ने सम्मका आवाज उठेपछी पार्टीको अनुशासन आयोगले भने भाँक्रीलाई स्पष्टिकरण सोधेको छ।तर झाँक्रिले भने आँफुलाई सोधिएको स्पष्टिकरणबारे अनभिज्ञता प्रकट गर्दै कुनै स्पष्टिकरण नआएको दाबी गर्नुभएको छ।

    आँफुलाई कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले नसोधेको जिकिर गर्दै पार्टीका केही नेताहरू मिडिया तथा सोसल मिडियामा गएर अनावश्यक कुरा बोलेको दाबी गर्दै उहाँले व्यक्तिगत हिसाबले लडाइँ लड्ने र राजनीतिक हिसाबले प्रतिवाद गर्ने चेतावनी दिनुभयो।

    तर, झाँक्रीले यस्तो दाबी गरेपनि पार्टीले भने स्पष्टिकरण सोधिएको जिकिर गरेको छ। पार्टी उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको दाबी गर्दै अनुशासनले सोधेपछि पार्टीले नै सोधेको हुने बताउनुभयो।

    झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै हिजो सचिवालय समिति बैठकमै बोल्न समय माग गरेपछी बैठक नै स्थगित गरिएको थियो।

    तर यता, झाँक्रीको अभिव्यक्तिले पार्टीभित्र हलचल नै ल्याएपछी नेता कार्याकर्ताहरु तरङ्गित बनेका छन् भने पार्टी नेतृत्व तह अहिले तत्कालै नेतृत्वको विकल्प खोज्ने सुरमा छैन। बरु विकल्प खोज्ने नेतामाथी नै कारबाहीको डण्डा चलाउनुपर्ने धारणा तर्फ नेताहरु उद्दत देखिन्छन्।

    पोलिटब्युरो सदस्य सुदेश पराजुलीले पार्टी र संगठनभित्र बसेर विरोध गतिविधि स्वीकार्य नहुने चेतावनी दिँदै पार्टी र सङ्गठनलाई अनिर्णयको बन्दी बनाउने, पार्टी र सङ्गठनभित्र पनि पार्टीकै खोइरो खन्ने नेता कार्यकर्तामाथि पार्टीले शुद्धीकरण अभियान चलाउने चेतावनी दिनुभयो ।

    उहाँले अध्यक्ष नेपालमाथी पनि सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले नियोजित रुपले राजनीतिक प्रतिशोध साँधेर निर्दोश मान्छेलाई अख्तियारमार्फत हिलो छ्याप्ने प्रयत्न गरेकोले दह्रोसँग खुट्टा टेक्न नेपाललाई ढाडस दिनुभयो। अध्यक्ष नेपालसँग सिङ्गो पार्टी पंक्ति रहेको भन्दै प्रतिशोधको डटेर सामना गर्ने उहाँको जिकिर छ।

    पार्टीभित्रबाटै यस्ता टिका टिप्पणी र आलोचना हुन थालेपछी नेतृत्व तह भने अन्यौलमा पुगेको छ। स्वयं अध्यक्ष माधवकुमार नेपालले ऐले भैरहेका नकारात्मक टिका टिप्पणी पार्टी कमजोर बनाउने षडयन्त्र रहेकोले यसको सामना गर्नुपर्ने बताउनुभयो।

    पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई र तीनिहरुलाई साथ दिनेहरुलाई सबैले चिन्नुपर्ने भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टी क्रान्तिकारी पार्टी र विद्रोहबाट आएको पार्टी रहेकोले हिम्मतका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो।

    यस्तै अध्यक्ष नेपालले पतञ्जली जग्गा प्रकरणमा आफ्नो कुनै बदमासी नरहेको दाबी गर्दै विश्वस्त रहन पनि आग्रह गर्नुभयो। अध्यक्ष नेपालले कसैले भ्रष्टाचार गरेको तथ्य पेश गरे बलिदान दिन तयार उद्योष पनि गर्नुभयो।

    एमालेबाट विद्रोह भएपछी अध्यक्ष नेपालको नेतृत्वमा चार वर्ष पहिले २०७८ साल भदौमा गठन भएको नेकपा एकिकृत समाजवादी पार्टी अहिले मुलुकको छैटौं ठुलो दल हो।

    पार्टी गठनलगत्तै भएको निर्वाचनमा पनि सोचेअनुसारको मत प्राप्त गर्न नसक्दा पार्टी स्थापनाको औचीत्य नै पुष्टि गर्न नसकेको नेकपा एस सुरुवातदेखी नै कुनै न कुनै आन्तरीक विवादमा फसिरहेको थियो।

    सोही क्रममा यतिबेला फेरी अध्यक्ष नेपालमाथी नै पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार गरेको भन्दै गम्भिर प्रश्न उठेपछी सिँगो पार्टी नै अन्यौलमा फस्न पुगेको छ।


    शुक्रवार, आषाढ २० २०८२०८:२०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij