Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको भोलीदेखी स्पेन भ्रमण हुँदै, भारत भ्रमण भने अझै संशयमै, स्पेन भ्रमण उपलब्धीमुलक नहुने टिप्पणी (खासखबर)

प्रधानमन्त्री ओलीको भोलीदेखी स्पेन भ्रमण हुँदै, भारत भ्रमण भने अझै संशयमै, स्पेन भ्रमण उपलब्धीमुलक नहुने टिप्पणी (खासखबर)

  • शुक्रवार, आषाढ १३ २०८२

  • 536
    SHARES

  • प्रधानमन्त्री ओलीको भोलीदेखी स्पेन भ्रमण हुँदै, भारत भ्रमण भने अझै संशयमै, स्पेन भ्रमण उपलब्धीमुलक नहुने टिप्पणी (खासखबर)

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भोली स्पेन भ्रमणमा जाँदै हुनुहुन्छ। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन नेपाली उच्चस्तरीय सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लाग्नुभएको हो।

    प्रधानमन्त्री नियुक्त भएको करिब एकवर्ष पुरा हुन लाग्दासमेत छिमेकी देश भारतको भ्रमण गर्न नसक्नुभएका प्रधानमन्त्री ओली यतिबेला स्पेन भ्रमण गर्न लाग्नुभएको हो।

    यसअघी अन्य विभिन्न देशको भ्रमणपछी लगत्तै भारत भ्रमणमा जाने गरी तयारी भैरहेको दाबी गर्दै आएपनि भारत र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नै अनिच्छुक देखिदाँ अहिलेसम्म प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न सक्नुभएको छैन। जसले सिँगो सरकारकै आलोचना भैरहेको छ।

    यसलाई हेर्दा अब प्रधानमन्त्री ओलीको भारत भ्रमण करिब करिब टरिसकेको टिप्पणी मात्रै भएको छैन छिमेकी देशसँगको कुटनितिक सम्बन्धमाथी नै प्रश्नसमेत उठ्न थालेको छ। तर सरकार भने भारत भ्रमणका लागी अझै प्रयासरत नै रहेको छ। यतिबेला स्पेन भ्रमणमा पनि भारतीय प्रतिनिधीसँगसमेत यसबारे पुनः आग्रह गर्ने तयारी छ।

    यता सरकारी पक्ष पनि प्रधानमन्त्री स्पेनबाट फर्कनेबित्तिकै असार अन्तिम वा साउन पहिलो साता भारत भ्रमणमा जाने निश्चीत भैसकेको जिकिर गर्छ। तर उक्त भ्रमणबारे अझै विश्वस्त हुने अवस्था देखिदैँन। यद्यपी यतिबेला हुन लागेको स्पेन भ्रमणको तयारी भने नेपाल र स्पेन दुबैतर्फ टुङ्गोमा पुगिसको छ।

    स्पेनका लागी नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुखको सहभागितामा हुने उक्त सम्मेलनका लागी नेपालबाट प्रधानमन्त्रीको नेतृत्वमा हुने भ्रमणका लागी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ।

    नेपालतर्फ पनि सरकारले आवश्यक तयारी करिबकरिब सकेको सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिनुभयो। प्रधानमन्त्रीको स्पेन भ्रमण विषेश उपलब्धिमुलक हुने दाबी गर्दै उहाँले भोली भ्रमणमा निस्किनुपूर्व स्वयं प्रधानमन्त्री ओलीले नै भ्रमणबारेमा सदनबाटै जानकारी गराउने तयारी रहेको वर्तौलाले बताउनुभयो।

    तर प्रधानमन्त्रीको यसपटकको भ्रमण द्विपक्षिय भेटवार्ता भन्दा सम्मेलन केन्द्रित हुने भएकोले ज्यादा उपलब्धीमुलुक नहुने जानकारहरुसँगै तथा विपक्षीहरुको टिप्पणी छ।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता रामदिप आचार्यले एक त सरकार आँफै पनि असफल बन्दै गैरहेको र छिमेकी देशकै चाँजोपाँजो मिलाउन नसक्दा भारतकै भ्रमणको हुन नसकेको अवस्थामा स्पेन भ्रमणले महत्वपूर्ण उपलब्धी हासिल हुन्छ भनेर अपेक्षा गर्नु नै मुर्खता हुने टिप्पणी गर्नुहुन्छ।

    यस्तै जानकारहरु पनि स्पेन भ्रमणबाट महत्वपूर्ण उपलब्धी हासिल हुनेमा विश्वस्त देखिँदैनन्। राजनैतिक विश्लेषक गोविन्दमान सिंह कार्कीका अनुसार यो भ्रमण सम्मेलन केन्द्रित हुने भएकोले द्विपक्षीय भेटवार्ता कम हुने हुँदा ठुलो अपेक्षा लिन आवश्यक छैन। यद्यपी राजनैतिक पाटोमा सम्मेलनमा सहभागी हुने देशहरुमा पनि निर्भर हुने उहाँको प्रतिक्रिया छ।

    यता, प्रधानमन्त्रीको भारत भ्रमणको सम्भावना भने अब करिबकरिब टरिसकेको कार्कीको तर्क छ। भारतिय समकक्षी मोदीले खासै महत्व नदिँदा प्रधानमन्त्री ओलीले चाहेरै पनि भारत भ्रमण अहिलेसमम हुन नसकेको उहाँको बुझाई छ।

    भारत भ्रमणको सम्भावना टरिसकेपछी मात्रै प्रधानमन्त्री ओली चिन भ्रमण गरेको भन्दै उहाँले प्रधानमन्त्री बनेलगत्तै हुने भारत भ्रमण एकवर्ष बितिसक्दा पनि नहुँदा अब हुने सम्भावना नदेखिएको उहाँले बताउनुभयो।

    प्रधानमन्त्री ओलीसहितको टोली भोली कतार एयरवेजमार्फत स्पेनको म्याड्रिड पुगेलगत्तै रेलमार्फत सेभिया प्रस्थान गर्ने कार्यक्रम छ। सेभियामा प्रधानमन्त्री ओली र स्पेनी समकक्षी पेद्रो सान्चेजबीच जुन ३० तारिखमा भेटवार्ता हुनेछ, त्यसका अतिरिक्त इजिप्ट र पोर्चुगलका राष्ट्रप्रमुखसँग पनि भेटवार्ता हुनेछ।

    स्पेनमा आवासीय नेपाली दूतावास स्थापना भएको सात वर्षपछि दुई देशका प्रधानमन्त्रीबीच हुन लागेको पहिलो उच्चस्तरीय भेटवार्ताले दुईपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउने र पर्यटन, व्यापार र लगानीमा सहयोग विस्तार हुने विश्वास लिइएको छ। भ्रमण अवधिमा सचिवस्तरीय बैठकमा महत्वपूर्ण सम्झौतासमेत हुने सम्भावना छ।

    भोली स्पेन प्रस्थान गर्नुहुने प्रधानमन्त्री ओली सेभियामा जुन २९, ३० र जुलाई १ तारिख बस्ने कार्यक्रम छ भने जुलाई २ मा सम्मेलनका केही सत्रहरूमा सहभागी भएर म्याड्रिड फर्कने र जुलाई ३ तारिख साँझ नेपाली समुदायसँग भेटवार्ता गरी स्वदेश फर्किने तालिका छ।

    अन्य देशमा यसरी सहज भ्रमण भैरहेपनि छिमेकी देशमै भ्रमण हुन नसक्दा प्रधानमन्त्रीसँगै सिँगो सरकार नै आलोचना र शंकाको घेरामा परेको छ। यसले छिमेकी देशसँगको कुटनैतिक सम्बन्ध माथी नै प्रश्न उठ्दै गएको छ। तसर्थ यसतर्फ सरकार सजग भने रहिरहन जरुरी छ।


    शुक्रवार, आषाढ १३ २०८२०८:१५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij