Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मनसुनजन्य विपद् पूर्वतयारी र प्रतिकार्यका लागि सरकार तयार छ : गृहमन्त्री लेखक

मनसुनजन्य विपद् पूर्वतयारी र प्रतिकार्यका लागि सरकार तयार छ : गृहमन्त्री लेखक

  • बिहिवार, आषाढ १२ २०८२

  • 609
    SHARES

  • मनसुनजन्य विपद् पूर्वतयारी र प्रतिकार्यका लागि सरकार तयार छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकैबेला पनि विपद् आउनसक्छ भन्ने आँकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताउनु भएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले आफ्नो मन्त्रालय मनसुनको समयमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुनसक्ने सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा रहेको बताउनुभयो । उद्धारका लागि हेलिकप्टरकोसमेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभएको छ ।

    मन्त्री लेखकले भन्नुभयो, ‘यसबाहेक मन्त्रालय मातहत सबै प्रदेशमा रहेका आपतकालीन मानवीय सहायता केन्द्रलाई विपद् उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । यस्ता केन्द्र स्थानीयस्तरमा विस्तार गर्न स्थानीय सरकारलाई आग्रह गर्दछु ।’

    बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले विपद्को पूर्वतयारीका बारेमा जानकारी गराउँदै उद्धारमा स्थानीयको सहयोगको ठूलो भूमिका हुने उल्लेख गर्नुभयो । त्यस्तै, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मौसम पूर्वानुमानबारे जानकारी गराउँदै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने बताउनुभयो ।


    बिहिवार, आषाढ १२ २०८२०५:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij