काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङगला आज गोरखा र मनाङ जाँदै हुनुहुन्छ । दुई दिने नेपाल भ्रमणमा आउनुभएका श्रृगलाले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
साथै तीन वटा विद्यालयको उद्घाटन पनि गर्नुहुनेछ । मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ ।
हिजो (बिहिबार) बिहान नेपाल आउनुभएका श्रृङगलाले हिजोनै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गर्नुभएको थियो । उहाँ आज दिउँसो एक बजे स्वदेश फर्किने कार्यक्रम छ ।