Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विपक्षीको बहिस्कारकैबिच प्रतिनिधिसभाबाट बजेट पारित, परम्परागत शैलि दोहोरिएको प्रतिपक्षीको टिप्पणी, यथार्थपरक बजेट ल्याईएको सरकारको दाबी (खासखबर)

विपक्षीको बहिस्कारकैबिच प्रतिनिधिसभाबाट बजेट पारित, परम्परागत शैलि दोहोरिएको प्रतिपक्षीको टिप्पणी, यथार्थपरक बजेट ल्याईएको सरकारको दाबी (खासखबर)

  • मंगलवार, आषाढ १० २०८२

  • 420
    SHARES

  • विपक्षीको बहिस्कारकैबिच प्रतिनिधिसभाबाट बजेट पारित, परम्परागत शैलि दोहोरिएको प्रतिपक्षीको टिप्पणी, यथार्थपरक बजेट ल्याईएको सरकारको दाबी (खासखबर)

    काठमाडौं। सरकारले विपक्षी दलको बहिस्कारकैबिच प्रतिनीधि सभाबाट बजेट पारित गरेको छ। भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलित विपक्षी रास्वपा र राप्रपाले बजेटमाथीको छलफल र बैठक बहिस्कार गरेपनि पेलेरै सुरु गरेको छलफल आज सकेर सरकारले बजेट पारित गरेको हो।

    गृहमन्त्री रमेश लेखककै संलग्नता आशंका गरिएको भिजिट भिसा प्रकरणलाई लिएर राजिनामा र छानबिन समितिको मागमा आन्दोलीत विपक्षी दलले निरन्तर सदन अवरुद्ध गरेपछी गत जेठ ३०मा छानबिन समिति बनाउने गरी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग दुईबुँदे सहमती गरेपछी बजेटमाथीको छलफल सुरु भएको थियो।

    तर उक्त सहमती अस्विकार गर्दै रास्वपा र राप्रपाले भने प्रकरणको टुङ्गो नलागी सदन खोल्न नदिने अडान लिएर आन्दोलन जारी राखेपछि सरकारले पेलेरै बजेटमाथीको छलफल सुरु गरेको थियो। त्यसपछी यी दुई दलले बजेटमाथीको छलफलमा सहभागी नै नबनि निरन्तर सदन नै बहिस्कार गर्दै आएका छन्।

    तर सरकारले भने हिजो मात्रै पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ। तरपनि यी दुई दलले सो समिति समेत अस्विकार गर्दै आज बजेट पारित गर्ने दिनको संसद बैठक पनि बहिस्कार गरे। तर पनि सरकारले आज बजेटमाथी छलफल टुङ्ग्याएर प्रतिनीधि सभाबाट बहुमतकै बलमा बजेट पारित गरेको हो।

    आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले सांसदहरुले बजेटका सम्बन्धमा उठाएका प्रश्नहरुको जवाफ दिएपछी निर्णयार्थ पेस गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेट सभामुख देवराज घिमिरेले ध्वनीमतका आधारमा पारित भएको घोषणा गर्नुभएको हो।

    पहिलोपटक विपक्षी दुई दल आन्दोलनमै रहेर बजेटमाथीको छलफलमै सहभागी नभएर बैठक नै बहिस्कार गरेको अवस्थामा यसपटक बजेट पारित भएको छ। सुरुमा आन्दोलीत नै रहेपनि अन्तिम समयमा आएर सरकारलाई बजेटमाथीको छलफल अगाडी बढाउन साथ दिएको प्रमुख प्रतिपक्षी माओवादीले भने यसपटक पनि परम्परागत शैलिबाटै बजेट ल्याइएकोले जनताको आजको आवश्यकता पूर्ति गर्न नसक्ने बताएको छ।

    सांसद माधव सापकोटाले परम्परागत शैलिको बजेट ल्याइएको र छलफलबाट समेत सकारात्मक कुरा पनि नसमेटीएकोले यसमा अझै व्यापक छलफल र परिमार्जन गर्न आवश्यक रहेको भन्दै सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

    तर अर्थमन्त्री विष्णु पौडेलले भने यसपटक सन्तुलित र यथार्थपरक बजेट ल्याईएको दाबी गर्नुभयो। बजेट पारित हुनु अघी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यसपटक देशको आवश्यकता र परिस्थीतिको विश्लेषण गरी ल्याएको बजेटले पूँजिगत खर्च बढ्दै जाने र साधरण खर्च घट्दै जाने भएकोले आगामी दिनमासमेत यही गतिलाई पछ्याउन सके मुलुकले छिट्टै समृद्धि हासिल गर्ने दाबी गर्नुभयो।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारले ल्याएको बजेट सन्तुलित र नतिजामुखी रहेको दाबी गर्दै यसपटक आवश्यकताका आधारमा केन्द्रित बजेट ल्याइएको बताउनुभयो। अहिले छिटो र धेरै ठाउँमा विकास चाहिएपनि बजेट कम रहेकोले बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसकेको बताउँदै उहाँले आगामी दिनमा माग र आपूर्तिको सन्तुलन मिलाउन सरकारले ध्यान दिने बताउनुभयो।

    सम्भवःत पहिलोपटक सदनका चौंथो र पाँचौ ठुला दल आन्दोलनमै रहेर बजेटमाथीको छलफल नै बहिस्कार गरेको अवस्थामा पनि सरकारले बजेटमाथी छलफल सकेर बजेट पारित गरेको छ। कुनै दल आन्दोलीत रहेको बेलामा पेलेरै सदन अगाडी बढाउनुको सट्टा सबै पक्षलाई समेटेर बजेटमाथीको छलफल गरी पारित गर्न सकेको भए यसको छलफल थप प्रभावकारी बन्न सक्थ्यो।

    यद्यपी त्यसो हुन सकेन, र प्रतिनिधी सभाबाट बजेट पारित भैसकेको छ। अब सरकारले विगतको अनुभवबाट पाठ सिकेर बजेट कार्यान्वायनलाइ प्रभावकारी बनाउन जरुरी छ। अन्यथा बजेटको आधा हिस्सा पनि कार्यान्वायन हुन नसक्ने विगतको नियती पुनः दोहोरीन सक्छ।


    मंगलवार, आषाढ १० २०८२०८:२०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij