Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपति भण्डारीको आग्रह

नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपति भण्डारीको आग्रह

  • शुक्रवार, मंसिर १२ २०७७

  • 1.2K
    SHARES

  • नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपति भण्डारीको  आग्रह

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि शितल निवास पुगेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई हिजोको भेटमा उनले उक्त आग्रह गरेकी हुन् ।

    राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए ।

    परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा सचिव श्रृंगला दुई दिने भ्रमणका लागि हिजो काठमाडौं आएका उनले त्यसअघि सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र बुढानिलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । श्रृंगला आज गोरखा र मनाङ जाने छन् । त्यसपछि उनी आज नै स्वदेश फर्किने कार्यक्रम छ ।


    शुक्रवार, मंसिर १२ २०७७०७:४१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij