Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ता र प्रतिपक्षीको अडानले संसद् ’बन्धक’, देउवासँग वारपारको वार्ता गर्ने विपक्षीको तयारी, छिट्टै सहमती हुने सत्तापक्षको जिकिर (खासखबर)

सत्ता र प्रतिपक्षीको अडानले संसद् ’बन्धक’, देउवासँग वारपारको वार्ता गर्ने विपक्षीको तयारी, छिट्टै सहमती हुने सत्तापक्षको जिकिर (खासखबर)

  • शुक्रवार, जेठ २३ २०८२

  • 419
    SHARES

  • सत्ता र प्रतिपक्षीको अडानले संसद् ’बन्धक’, देउवासँग वारपारको वार्ता गर्ने विपक्षीको तयारी, छिट्टै सहमती हुने सत्तापक्षको जिकिर (खासखबर)

    काठमाडौं। भिजिट भिसा प्रकरणका कारण झण्डै डेढ हप्तादेखी संसद्’बन्धक’ छ। यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आशंकामा उनले राजिनामा दिनुपर्ने र उनिविरुद्ध संसदीय छानबिन समिति गठन हुनुपर्ने मागमा विपक्षी आन्दोलीत छन्। तर, सत्तापक्ष भने त्यसलाई अस्विकार गर्दै आएको छ।

    भिजिट भिसामा विदेश जानेबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थीत अध्यागमन कार्यालयले दैनिक लाखौं असुली गर्ने गरेको र यसमा गृहमन्त्रीको सचिवालयको पनि संलग्नता रहेको सुचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलगायतमाथी अनुसन्धान गरिरहेको छ।

    गृहमन्त्रालय अन्तर्गत नै पर्ने अध्यागमन कार्यालय र गृहमन्त्रीकै सचिवालयको संलग्नतामा उक्त रकम असुलि भैरहेको आशंका रहेकोले निष्पक्ष अनुसन्धानका लागी गृहमन्त्रीले राजिनामा दिनुपर्ने र संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने प्रतिपक्षीको अडान छ।

    सोही अडानमा प्रतिपक्षी माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दल अडिग रहँदा गत जेठ १४बाट अवरुद्ध सदन संवैधानिक प्रावधानअनुरूप जेठ १५मा बजेट प्रस्तुत भएपनि त्यसयता संसद बैठक बस्न सकेको छैन।

    सत्तापक्ष र प्रतिपक्षीबिचको अडानले निरन्तर प्रभावित हुँदै आएको सदन खुलाउन सभामुख देवराज घिमिरेले गर्दै आएको प्रयास सफल हुन नसक्दा आज पनि आउँदो आइतबारसम्मका लागी बैठक स्थगित भएको छ। यसरी ९ दिनयता संसद ’बन्धक’ बनेपछी बजेटमाथि विस्तृत छलफल र अन्य विधेयकमाथीको छलफल पनि प्रारम्भ हुन सकेको छैन।

    धेरै विधेयक बनाउनुपर्ने अवस्थामा सदन चल्न नसक्दा सबै काम कारबाही प्रभावित भएको सभामुख घिमिरे बताउनुहुन्छ। उहाँले सदन चल्न नसक्दा विभिन्न ऐन तथा विधेयकहरु अड्किएर बसेकोले सदन खुलाउन सबैले आवश्यक सहजिकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    सदन खुलाउनका लागी सभामुख घिमिरेसँगै सत्तापक्षका दल र सांसदहरु निरन्तर प्रतिपक्षीसँग परामर्शमा छन्। तर हरेक छलफल निश्कर्षविहिन नै हुँदा निचोड निस्कनै सकेको छैन। आज पनि सत्ता र प्रतिपक्षीविच चलेको लामो छलफलसमेत निष्कर्षविहिन बनेपछी सदन आउँदो आइतबारसम्मका लागी स्थगीत गरियो।

    सत्तापक्षका प्रमुख सचेतक महेश वर्तौलाले भने संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयास जारी रहेको तर टुँगोका नपुगिएको बताउनुहुन्छ। आज सहमतीमै सूचना टाँसेर सदन स्थगित गरिएको र पछिल्ला छलफल सकारात्मक रहेकोले आइतबारको सदन अवरुद्ध नहुने विश्वास लिइएको वर्तौलाले बताउनुभयो।

    तर, प्रतिपक्षी दलहरू भने आफ्नो अडानमा अडिग नै छन्। आज बसेको विपक्षी दलको बैठक र पछि कांग्रेससँगको बैठकबाट पनि निचोडमा पुग्न नसकेपछी अब कांग्रेस सभापति शेरबहादुर देउवासँग वारपारको छलफल गर्ने निष्कर्षमा पुगेका छन्।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा सरकारबाट भरपर्दो छानबिनको प्रतिबद्धता आए मात्रै सदन चल्न सक्नेमा विपक्षी दलहरू एकमत रहेको बताउनुहुन्छ।

    उहाँले अब देउवासँग थप छलफल गर्ने र सरकारबाट विश्वासको वातावरण भए एक–दुई दिनमै ’सकारात्मक ल्यान्डिङ’ हुने बताउनुभयो।

    ऐन कानुन निर्माण गर्ने थलो एक विषयमा अल्झिएर निरन्तर प्रभावित भैरहनु राम्रो होइन। कुनैपनि व्यक्तिमाथी प्रश्न उठेपछी त्यसमाथी निष्पक्ष अनुसन्धान गर्नु र कानुनी दायरामा ल्याउनु राज्य र सदनमा प्रतिनिधित्व गर्ने सबै दलहरुको दायीत्व र जिम्मेवारी हो। डेढ हप्तासम्म संसद बन्धक हुँदा बजेटमाथीको छलफल, विभिन्न ऐन र विधेयकसँगै संसदका नियमित काम कारबाही ठप्प छन्।

    तसर्थ अब सत्ता र प्रतिपक्षीबिच भिजिट भिसासँगै अन्य विभिन्न अनियमितताका प्रकरणमा पनि निश्पक्ष र भरपर्दो अनुसन्धान गर्ने विश्वास र सहमतीको आधार निर्माण गरी सदन सञ्चालनमा ल्याउन र नियमित कामकारबाही अगाडी बढाउन जरुरी देखिन्छ।


    शुक्रवार, जेठ २३ २०८२०८:१२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij