Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यातायात व्यवसायी गाडी ठप्प पारेर सरकारसंग घुर्कि लगाउदै, यात्रुलाई सास्ती, राइड सेयरिङ सेवाविरुद्ध संगठित रुपमा लागेको आरोप (खासखबर)

यातायात व्यवसायी गाडी ठप्प पारेर सरकारसंग घुर्कि लगाउदै, यात्रुलाई सास्ती, राइड सेयरिङ सेवाविरुद्ध संगठित रुपमा लागेको आरोप (खासखबर)

  • सोमवार, जेठ १९ २०८२

  • 507
    SHARES

  • यातायात व्यवसायी गाडी ठप्प पारेर सरकारसंग घुर्कि लगाउदै, यात्रुलाई सास्ती, राइड सेयरिङ सेवाविरुद्ध संगठित रुपमा लागेको आरोप (खासखबर)

    काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी ठप्प पारेपछि यात्रुलाई सास्ती भएको छ ।  देशैभरको सार्वजनीक यातायात बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएपछी आज बिहानैदेखी काठमाडौं उपत्यका सहितका देशभरका सडकमा लामो र छोटो दूरीका सार्वजनिक गाडी चलेका छैनन् । राइड सेयरिङविरुद्ध देशभरका सार्वजनिक यातायात बन्द गराएका यातायात व्यवसायीले आन्दोलन जारी राख्ने भन्दै सडक र वार्तामा छन् ।

    आज गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरूबीच भएको छलफलबाट वार्ता समिति बनाउन सहमति जुटे पनि आन्दोलन नरोकिने अडानमा व्यवसायी छन् । गृहमन्त्रालयमा आज बिहान भएको छलफलमा दुवै पक्षबीच वार्ता समिति गठन गर्ने सहमति जुटेको थियो । उक्त समितिमा यातायात व्यवसायी र मजदुरका तर्फका चारजना र विभिन्न मन्त्रालयका सात जना प्रतिनिधि गरी ११ सदस्यीय वार्ता समिति गठन गरिएको छ ।

    तर, वार्ता निष्कर्षमा नपुगेसम्म आन्दोलन यथास्थितिमा नै जारी रहने संघर्ष समितिले स्पष्ट पारेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सम्बन्धी ऐनमा मुख्यमन्त्री सुरेन्द्र पाण्डको स्वार्थ जोडिएको आरोप लगाउनुहुन्छ । गण्डकी प्रदेश सरकारले ल्याएको उक्त ऐन किमार्थ स्वीकार्य नरहेको र मुख्यमन्त्री पाण्डेको दम्भ धेरै दिन नटिक्ने दाबी उहाँको छ।

    रातो प्लेटका सवारी साधनले पनि सार्वजनिक यातायातलेझैं यात्रु् बोक्न पाउने गरी ल्याइएको ऐन संघीय ऐनसँग बाँझिने दाबी उहाँको छ । उक्त ऐनको विरोधमा आज देशभर सार्वजनिक यातायात ठप्प बनाइएको हो । यातायात व्यवसायीले विभिन्न तर्क गरेर आन्दोलनमा आएकाछन् र आफ्नै तर्क रअडानमा छन् । तर, सर्वोच्च अदालतले २०८१ असार १३ गते सरकारको नाममा राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न आदेश जारी गरेको थियो । सर्वोच्चले कानूनको अभाव देखाएर यो क्षेत्रको सञ्चालनमा अवरोध सिर्जना नगर्न सरकारको नाममा आदेश जारी गरेको थियो । 

    सर्वोच्च अदालतको आदेशअनुसार यो क्षेत्रलाई व्यवस्थित गर्न गत जेठ १ गते गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ कार्यान्वयनमा ल्याएपछि यातायात व्यवसायीहरु यातायात क्षेत्रमा सिण्डिकेट कायम हुने गरी सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएर आन्दोलन गर्दै आएका छन् । गण्डकी सरकारले यातायात कार्यालयबाट इजाजत प्राप्त गरेका दुई पाङग्रे र चार पाङग्रे सवारीलाई अनलाइन प्रणालीमार्फत राइड सेयरिङ सेवा सञ्चालन गर्न दिने नियमावली कार्यान्वयनमा ल्याएको छ । 

    राज्यको निकायमा आवद्ध भएर सेवा, रोजगार र पेशा गर्न पाउनु व्यक्तिको नैशर्गिक अधिकार भएकाले त्यसविरुद्ध कुनै निकाय संगठित रुपमा लाग्नु ‘गैरकानुनी’ भएको तर्क गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यातायात व्यवसायी र विभिन्न स्वार्थ समूह आफ्नो बजार हिस्सा गुम्न नदिन राइड सेयरिङ सेवालाई राज्यको नियमन दायरामा समेट्न नदिन घुर्कि लगाउँदै बेला मौकामा आन्दोलन गर्दै आएको बताउनुहुन्छ ।

    ‘खुला बजारमा जसले पनि राज्यसँग अनुमति लिएर सेवा, पेशा र रोजगारका माध्यममा लाग्न पाउने सबैको नैशर्गिक अधिकार छ,’ अहिले जसरी राइड सेयरिङ सेवाविरुद्ध समग्र यातायात व्यवसायी संगठित रुपमा लागेको छ, यो सरासर गैरकानुनी हो । यातायात व्यवसायीले सिण्डीकेट कायम गरी बजारमा मोनोपोली कायम गर्न पाउँदैनन ।’अहिले नेपाल सरकारले कानुन पालन गर्नुपर्नेमा आन्दोलन गर्नेसंग वार्तामा वस्नु गैरजिम्मेवार कार्य भएको तर्क अध्यक्ष महर्जनको छ ।

    समय सापेक्ष रुपमा सवारी तथा यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्न नसक्दा राइड सेयरिङ सेवा व्यवस्थित हुन सकेको छैन । नेपालमा हाल टुटल, पठाओ, सजिलो, इन्ड्राइभ, जुमजुम, याङ्गोलगायतकाले राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएका छन् । नेपालमा हजारौं युवा रोजगारीको रुपमा यो सेवालाई लिदैं राइड सेयरिङ सेवामा आवद्ध छन् । यसमा वेरोजगार युवाका साथै अधिकाँश कलेज पढ्दै गरेका युवाहरु आवद्ध छन् । स्वतन्त्र रुपमा काम गरी कमाई गर्ने युवाको संख्या पछिल्लो समयमा बढ्दै गएको छ ।

    यातायात व्यवसायीको आन्दोलनले सर्वसाधरण बढि मर्कामा छन् । बस, माइक्रोबस, ट्याम्पो जस्ता सार्वजनिक गाडी नचल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई सास्ती भएको छ । बिरामी,बृद्धबृद्धा, विद्यार्थी र कर्मचारीले अझै धेरै सास्ती खेप्नुपरेको छ । त्यसैले सरकार कडा रुपमा प्रस्तुत भएर समस्याको समाधानमा लाग्न ढिला गर्नु हुदैन ।


    सोमवार, जेठ १९ २०८२०७:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij