Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते
  • यो साता चर्चामा :
images

आजका लागि राप्रपाको कार्यक्रम सकियो, भोली फेरी आन्दोलन गर्ने

आजका लागि राप्रपाको कार्यक्रम सकियो, भोली फेरी आन्दोलन गर्ने

  • बिहिवार, जेठ १५ २०८२

  • 517
    SHARES

  • आजका लागि राप्रपाको कार्यक्रम सकियो, भोली फेरी आन्दोलन गर्ने

    काठकाडौं । १५ जेठका लागि राप्रपासहितका राजावादी समूहले तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् । बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले बताउनुभयो ।

    ‘जहाँ जहाँबाट तपाईंहरु समूहमा आउनु भयो, त्यही ठाउँमा भोलि १२ बजे जम्मा भएर फेरि जुलुस हुँदै काठमाडौंका सबै शहरमा नारा जुलुस लगाउँदै, काठमाडौंलाई उठाउँदै जगाउँदै आउनु होला’, उनले कार्यकर्तालाई आह्वान गर्दै भने, ‘दिनको १ बजेसम्ममा माइतीघर मण्डला र विजुली बजार क्षेत्रमा आउनु होला ।’

    प्रदर्शन सकिएपछि भएको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताउनुभयो ।


    बिहिवार, जेठ १५ २०८२०५:२३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij