Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते
  • यो साता चर्चामा :
images

आदिवासी जनजाति समुदायप्रति कांग्रेस प्रतिवद्ध छ - सभापति देउवा

आदिवासी जनजाति समुदायप्रति कांग्रेस प्रतिवद्ध छ - सभापति देउवा

  • बुधवार, जेठ १४ २०८२

  • 490
    SHARES

  • आदिवासी जनजाति समुदायप्रति कांग्रेस प्रतिवद्ध छ - सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । 

    नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घद्वारा आज आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीले आदिवासी जनजातिहरूको सशक्तीकरणका लागि ध्यान दिँदै आएको र कांग्रेस देशकै समावेशी पार्टी भएको बताउनु भएको हो ।

    कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताउँदै सभापति देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउने कुरामा नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताउनुभयो ।

    सभापति देउवाले संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई स्रोत र साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेको बताउँदै उहाँले कांग्रेस स्थापनाकालदेखि नै आदिवासी जनजातिको हितमा क्रियाशील रहेको बताउनुभयो ।

    कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको उहाँको भनाई रहेको छ ।


    बुधवार, जेठ १४ २०८२०१:३८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij