काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । प्रतिपक्षको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित थरिएको छ । बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा संसद् बैठक चल्न दिने सहमति भएको थियो । तर प्रतिपक्षीको अवरोधका कारण बैठक अघि बढ्न सकेको छैन् ।
बैठक सुरू हुनेबित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका सांसदहरूले उभिएर अवरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गर्नुभएको हो । निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ ।
सत्तापक्ष र प्रतिपक्षबीच गृहमन्त्री रमेश लेखकबारे सहमति जुट्न नसकेका कारण ढिलो बसेको बैठकमा पनि अवरोध भएको हो । सभामुख देवराज बुधबारको बैठकमा गृहमन्त्रीले बोल्न समय मागेकाले वातावरण बनाइदिन आग्रह गरेका छन् । तर प्रतिपक्षी दलहरूले उभिएर निरन्तर विरोध जनाइरहेका छन् ।