Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसद्का दुवै सदनको बैठक बस्दै, आज पनि विपक्षीको अवरोध कायमै रहने

संसद्का दुवै सदनको बैठक बस्दै, आज पनि विपक्षीको अवरोध कायमै रहने

  • बुधवार, जेठ १४ २०८२

  • 389
    SHARES

  • संसद्का दुवै सदनको बैठक बस्दै, आज पनि विपक्षीको अवरोध कायमै रहने

    काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजे बस्ने कार्यसूची छ ।

    यसअघी विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर हिजोको बैठक अवरुद्ध पारेका थिए। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका विपक्षी दलहरूले आज पनि सोही अडान कायमै राख्ने रणनीतिमा जुटेका छन् ।

    विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद चल्न नदिने अडान नै लिएका छन् । जसले गर्दा नयाँ बजेट प्रभावित हुने देखिएको छ ।

    सङ्घ सरकारले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर संसद निरन्तर अवरोध हुने अवस्थामा बजेट पेश गर्ने प्रक्रियालाई प्रभावित पार्न सक्ने देखिन्छ । हिजोको संसद बैठक आज बिहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर स्थगित भएको थियो।


    बुधवार, जेठ १४ २०८२०९:२३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij